ठुलो मात्रामा चरेश सहित एकजना पक्राउ

वीरगंज,१६ चैत्र । वीरगंज महानगरपालीका वडा नम्बर १५ बसपार्कबाट २४ किल्लो चरेश सहित एकजना भारतीय नागरीकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत कलकत्ता सिविरपुर वडा नम्बर २७ का सहनवाद अबदुल रहेका छन ।

बसपार्क प्रहरी चौकीले काठमाडौ बाट वीरगंज आउने बसबाट पैदल हिडी भारत तर्फ जान लागेको अबदुललाई शंका लागी चेकजाच गर्दा दुईवटा झोलामा राखीएको अवस्थामा २४ किल्लो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले जानकारी दिनु भयो ।

आफुले काठमाण्डौ नजिक धादींगबाट चरेश बोकेर ल्याएको र भारत सम्म पुर्याउन ५ हजार भारतीय पाउने आसमा चरेश ओसार पोसार गरेको प्रहरी समक्ष बयान दिएका छन ।

लागुऔषध चरेश सहित पक्राउ परेका अब्दुललाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुशनधान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

पछिलो समय पहाडी भेगमा उत्तपादन हुने गाजा चरेशको मुख्य ट्रान्जिट प्वाइन्ट वीरगंज नाका भएको छ । खुला सिमाको फाईदा उठाउदै लागुऔषध कारोबारीहरु यस क्षेत्रलाई लागुऔषध ओसार पसारको अखडा बनाएका छन ।

error: Content is protected !!