संघिय समाजवादी महिला फोरमको २१ सदसीय महानगर कमीटी गठन

वीरगंज,१६ चैत्र । संघिय समाजवादी महिला फोरम नेपाल वीरगंज महानगरपालीको प्रथम महिला नगर अधिवेशन वीरगंजमा सम्पन्न भएको छ ।

वीरगंजको राधेमाई स्थीत धर्मशालामा आयोजीत प्रथम नगर महिला अधिवेशनको एक कार्यक्रमका बिच संघिय समाजवादी फोरम नेपालकी केन्द्रिय सदस्य एवम प्रदेश सांसद करिमा बेगमले दिप प्रज्जवलन गरेर अधिवेशन कार्यक्रमको उद्धघाटन गर्नु भयो ।

उद्धघाटन सत्रलाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहेकी बेगमले मधेशमा महिला हिंसा बढदै गएको प्रती चिन्ता व्यक्त गर्दै महिला हिंसा न्युनीकरणका लागी सबै आ आफनो ठाउबाट सचेतना जगाउन जरुरी रहेको बताउनु भयो ।

वीरगंज स्थीत नारायणी उपक्षेत्रिय अस्पतालमा कार्यरत डा.सचिदानन्द यादवले आफनै श्रीमतीलाई कुटपीट गरेर हत्या गरेको विषयलाई लिएर सांसद यादवले दोषी डा. यादवलाई कडा भन्दा कडा कार्यवाही गर्न मांग समेत गर्नु भयो ।

कार्यक्रममा प्रदेश सांसद भिमा यादवले मधेशमा दाइजो प्रथाका कारण महिला हिंसा बढेको बताउदै आफना छोरी बेटीलाई पढाएर शिक्षीत बनाउन आग्रह गरिन । छोरी बेटीहरु शिक्षीत हुदा आफनो हक अधिकारका लागी खुलेर बोल्न सक्ने भएकाले महिला हिंसामा कमी आउने विश्वास व्यक्त गरिन ।

कार्यक्रमको अध्यक्षता गरि रहनु भएकी संघिय समाजवादी महिला फोरम नेपाल प्रदेश नम्बर २ की उपाध्यक्ष पिंकी यादवले मधेश आन्दोलनले सरकारी निकायको उच्च ओहोदामा महिलाहरुको हक अधिकारमा बृद्धी भएको बताउदै नेतृ यादवले आफना छोरी बेटीहरुलाई उच्च शिक्षा दिलाएर आफनो हक अधिकार प्रति जागरुक गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा केन्द्रिय परिषद सदस्य मिनी सिंह,बेटी पढाई बेटी बाचर्य अभियानकी पुष्पा पाण्डे,जिल्ला अध्यक्ष मिथलेश सिंह,मुस्लीम फोरमकी केन्द्रिय सदस्य साहिदा खातुन लगाएतले मन्तव्य राखेकी थिइन । अधिवेशनबाट पुष्पा पाण्डेको अध्यक्षतामा २१ सदसीय नगर कमीटी गठन गरिएको थियो ।

जस्को उपाध्यक्षमा रेणु कर्ण,सचिवमा पवन यादव,सह सचिव मिना तिवारी,कोषाध्यक्षमा उमा गिरी र सदस्यहरुमा हेमरावती देवी,शुसीला देवी,मुसैदा खातुन,निलीमा खातुन,झोझीया देवी,अजनेशा खातुन,रेञजु राम,रेशा खातुन,ललिता दलित,गोदावरी देवी,किरण पाण्डे,अनिता श्रीवास्तव,आमना खातुन र लालशा चौधरी लगाएत रहेका छन । कार्यक्रम केन्द्रिय सदस्य सुनिता देवीले संचालन गरेकी थिइन ।

error: Content is protected !!