पर्सामा नेकपाको स्थानिय तह कमिटी सिफारिस

बीरगन्ज, चैत ११ गते । पर्सामा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को एकता प्रकृया अन्तिम चरणमा पुगेको छ । नेकपा पर्सा जिल्ला कार्यदलले पार्टीको स्थानिय तह कमिटीलाई पूर्णता दिन प्रदेश कमिटीलाई सिफारिश गरेको छ ।

सोमबार नेकपा कार्यदलका नेताहरु रामचन्द्र साह, प्रभु हजरा, बिजय महतो, र छोटेलाल यादवले नेकपाको प्रदेश २ का अध्यक्ष प्रभु साहलाई पर्साको १३ वटा स्थानिय तहको कमिटी निर्माणका लागि नामावली सिफारिश गरेको हो ।

बीरगन्ज महानगर बाहेक १३ वटा स्थानिय तह बाट पूर्व एमाले तथा माओबादीबाट २५ र २५ जनागरि प्रत्येक स्थानिय तहमा ५० सदस्यि कमिटी सिफारिश भएको हो ।

प्रदेश अध्यक्ष साह बीरगन्ज आएको बेला पर्सा कार्यदलले सिफारिश बुझाएको नेता रामचन्द्र साहले जानकारी दिनु भयो । अब केहि साता भित्र स्थानिय तहहरुको कमिटीको नामावली प्रदेश बाट सार्वजनिक हुनासाथ जिल्लामा पार्टीको एकता प्रकृयाले पूर्णता पाउने साहले बताए ।

error: Content is protected !!