विवाह भवन शिलान्यास गर्दै सांसद यादवले भने जनभावना अनुसार काम गरिदै

वीरगंज,०४ चैत्र । संघिय समाजवादी फोरम नेपालका युवा नेता एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले वीरगंज महानगरपालीका वडा नम्बर २ छपकैयामा निर्माण हुन लागेको विवाह भवनको शिलान्यास गर्नु भएको छ ।

सांसद पुर्वाधार विकाश साझेदारी कार्यक्रम अन्तर्गत छपकैया पोखरीमा निर्माण हुन लागेको विवाह भवनको एक कार्यक्रमका विच सांसद यादवले शिलान्यास गर्नु भएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै सांसद यादवले बढदो जनसंख्या तथा शहरी करणका कारण सार्वजनिक भवनको अभाव भइरहेका बेला निर्माण हुने यो आधुनिक विवाह भवनले यस क्षेत्रका गरिब तथा असाहयहरुका लागी ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै सांसद यादवले चालु आर्थीक वर्षको रकम अपुग भएमा अर्को आर्थीक वर्ष सम्म निरन्तर सहयोग गर्ने बताउदै नेपाल सरकारले संसदीय विकाश कोष अन्तर्गत थोरै रकम पठाएपनि सो रकम सशर्त गरेको कारणले जनताको जन भावना अनुसार काम गर्न नसकेको दुखेसो पोखे तर आफु सांसद रहे सम्म जनता संग गरेको बाचा पुरा गर्ने बताए ।

सांसद प्रदिप यादवको संसदीय विकाश कोषबाट २० लाखको लागतमा विवाह भवन निमार्ण हुन लागेको हो । कार्यक्रममा वडा अध्यक्ष शेखÞ अब्बास,नगरपालिका सदस्य मुस्तुफा अंसारी,समाजवादी युवा फोरम नेपाल पर्साका अध्यक्ष शेखÞ जलशुदिन लगाएत स्थानीयको उपस्तीथी रहेको थियो ।

error: Content is protected !!