मनियारीमा फोरमको वडा अधिवेशन सम्पन्न, काँग्रेसका पुर्व बुथ सभापति फोरममा प्रवेश

वीरगंज,०३ चैत्र । वीरगंज महानगरपालीका वडा नम्बर २२ मनियारमा आयोजीत संघिय समाजवादी फोरम नेपालको वडा कमिटी गठन अधिवेशन कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरी पुर्व बुथ सभापति फोरम नेपालमा प्रवेश गरेका छन ।

वडा कमिटी गठन गर्न आयोजना गरिएको अधिवेशन कार्यक्रममा नेपाली काँग्रेसका पुर्व बुथ सभापति प्रभु यादव फोरम नेपालमा प्रवेश गरेका हुन ।

सयौको संख्यामा प्रवेश गरेका यादव लगाएत सबैजनालाई पार्टीका जिल्ला अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले फुलमाला अविरलगाई पार्टी प्रवेश गराएका थिए ।

अधिवेशनबाट वडा नम्बर २२ मनियारीमा प्रमोेद यादवको अध्यक्षतामा २१ सदसीय वडा कमिटी गठन गरिएको छ । जस्को उपाध्यक्षमा विनोद पटेल,सचिवमा नरेश यादव,सह सचिवमा सुनिल साह,कोषाध्यक्षमा समिर आलम लगाएत २१ जना रहेका छन ।

त्यसैगरी अधिवेशनबाट युवाहरुको ईकाइ कमिटी समेत गठन गरिएको छ । हरिन्द्र यादवको अध्यक्षतामा १३ सदसीय इकाइ कमिटी गठन गरिएको हो । जस्को उपाध्यक्षमा सन्देश यादव,सचिवमा अशोक यादव,सह सचिवमा उमर आलम,कोषाध्यक्षमा प्रदिप यादव ९सानो० लगाएत १३ सदसीय कमिटी गठन भएको हो ।

पार्टी प्रवेश तथा नव गठित कमिटीका सदस्यहरुलाई कार्यक्रमका प्रमुख अथिती संघिय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम सांसद प्रदिप यादवले स्वागत तथा फुलमाला अविर लगाई बधाई दिएका थिए ।

कार्यक्रममा बोल्दै सासद यादवले मधेशी जनाताको हक अधिकारका लागी सदैव लडदै आएको पार्टी संघिय समाजवादी फोरम नेपाल प्रति जनमानसमा विश्वास बढदै गएकोले विभिन्न पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गर्नेहरुको लहर लागेको बताउनु भयो ।

सांसद यादवले पार्टीको हितमा काम गर्न तथा पार्टी प्रति एकबद्ध भएर लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो । सांसद यादवले पार्टीका हरेक तहका सिपाहीहरुले पर्साका नगर, महानगर तथा गाउमा हुने सबै प्रकारका विकाश निर्माणका कार्यमा सहयोग गर्न निर्देशन समेत दिनु भयो ।

जनतालाई परेको पिर मर्का तथा कुनै पनि समस्यामा जनतालाई साथ एवम सहयोग गर्न कार्यकर्ताहरुलाई सांसद यादवले आग्रह गर्नु भयो । अधिवेशन कार्यक्रममा विशिष्ट अतिथी क्षेत्रिय अध्यक्ष बासु यादव,अधिवेशन पर्यवेक्षक तथा जिल्ला कमिटी सदस्य ओम प्रकाश साह कानु,अधिवेशन वडा अध्यक्ष तथा पार्टीका नेता ग्यासुदीन मियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

error: Content is protected !!