विभिन्न निर्णय गर्दै संघिय समाजवादी फोरमको जिल्ला कार्य समिती बैठक सम्पन्न

वीरगंज,०२ चैत्र । संघिय समाजवादी फोरम नेपालको आज बसेको जिल्ला कार्य समितीको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवको अध्यक्षतामा बसेको जिल्ला कार्य समितीको बैठकले यही चैत्र १५ गते सम्ममा वडा,गाउपालीका,नगर तथा महानगरको अधिवेशन अनिवार्य रुपमा सम्पन्न गर्ने गरी विभिन्न कमिटीहरु गठन गरेको हो ।

वडा अधिवेशनका लागी जिल्ला सदस्यहरुलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी गाउपालीका,नगर तथा महानगरको अधिवेशनका लागी जिल्ला कार्य सम्पादन समितीको बैठक बाट निर्णय गरिने संघिय समाजवादी फोरम नेपालका जिल्ला उपाध्यक्ष सुन्दर कुर्मीले जानकारी दिनु भयो ।

बैठकमा जिल्ला अध्यक्ष एवम सांसद प्रदिप यादवले निर्वाचन कार्यवीधीका बारेमा धारणा राखेका थिए । पार्टीलाई एक ढिक्का बनाएर लैजान अहिलेको आवश्यक्ता रहेको बताउदै सांसद यादवले सबैलाई एकजुट हुन आग्रह गर्नु भयो ।

बैठकमा जिल्ला समनव्य समितीका सभापति नेक महमद अंसारी,जिल्ला सचिव नागेन्द्र यादव,नेता रामनरेश यादव,पकाहामैनपुर गाउपालीका स्तरीय कमीटीका संयोजक शिवजी सोनी,जिल्ला सदस्य तबरेज अहमद,युवा नेता इश्वर यादव लगाएत जिल्ला कमिटीका १ सय १७ सदस्य मध्ये ९३ जना सदस्यहरुको सहभागीता रहेको उपाध्यक्ष कुर्मीले जानकारी दिनु भयो ।

error: Content is protected !!