पर्सामा खेलकुद क्षेत्रको विकाश गर्न आफु सदैव तत्पर : सांसद यादव

वीरगंज,२ चैत्र । संघिय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले पर्सा जिल्लामा खेलकुदको क्षेत्रमा विकाश गर्न सदैव तत्पर रहेको बताउनु भएको छ ।

प्रथम छपकैया भेट्रान्स तथा लेडिज फुटबल प्रतियोगीतामा सहभागी खेलाडीहरुलाई सिल्ड एवम प्रमाण पत्र वितरण गर्दै सांसद यादवले यहाको खेल जगतको विकाशमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

पर्सा जिल्लाको खेलकुदको विकाशका बारेमा सदैव चिन्तीत एवम सक्रिय रहेर सहयोग गर्ने सांसद यादवले पर्सा जिल्लामा सुन्य हुदै गएको खेल जगतलाई जिवन्त राख्न अहिले दिन प्रति दिन विभिन्न खेलहरुको आयेजना भइरहेको प्रति खुशी समेत व्यक्त गर्नु भयो ।

पर्सा जिल्लामा राष्ट्रिय स्तरका खेलाडीहरु रहे पनि विभिन्न समस्याका कारण खेल जगतबाट अन्य पेसा रोजेर जिवीको पार्जन गरिरहेको प्रति चिंता जताउदै सांसद यादवले खेल जगतबाट खेलाडीहरुको पलायन रोक्नका लागी सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल खेल्न जाने खेलाडीहरुलाई सरकारी स्तरमा रोजगारी दिएर उनीहरुको जिवन यापन सहज बनाउन आग्रह गर्नु भयो ।

खेल जगतबाट नै विश्वमा नेपालको समेत पहिचान हुने भएकाले खेलाडीहरु प्रति सरकार गम्भीर भएर सोच्ने बेला आएको बताउनु भयो । कार्यक्रममा सांसद यादवले फुटबल प्रतियोगीतामा सहभागी चितवन भेट्रान्स क्लब र वीरगंज भेट्रान्स क्लब तथा रौतहट युथ क्लब र वीरगंज युथ क्लबका खेलाडीहरुलाई सिल्ड,चेक तथा प्रमाण पत्र समेत वितरण गर्नु भएको थियो ।

कार्यक्रम प्रथम भेट्रान्स क्लब फुटलब प्रतियोगीताका संयोजक शेख जलसोदिनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

error: Content is protected !!