वीरगंज,०१ चैत्र । पर्साको विन्दवासीनी गाउपालीका स्थीत केहुनिया एरीयाबाट सशस्त्र प्रहरीले अवैधरुपले नेपाल भित्रयाइएको ठुलो परिमाणको कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा गुल्म वीरगंज भन्सार राजश्व गस्ती टोलीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक तिलक बहादुर खडकाको कमाण्डमा रहेको टोलीले दुईवटा भारतीय नम्बरको मोटरसाईकलमा रहेको ५० कार्टुन ५ हजार पीस कुखुराको चल्ला पक्राउ गरेको हो ।
खुल्ला सिमाको फाईदा उठाउदै तस्करहरुले अवैध रुपमा नेपाल भित्रयाएको विआर २२ जे ८९१९ र विआर ०५ डी ५५३० नम्बरको भारतीय मोटरसाईकल सहित कुखुराको चल्ला पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक बहादुर खडकाले बताउनु भयो ।
पक्राउ गरिएको चल्लालाई पशु क्वारेन्टाईन,स्थानीय संचारकर्मी तथा स्थानीयको रोहबरमा नष्ट गरिएको थियो । मोटरसाईकललाई आवश्यक कार्यवाहीका लागी वीरगंज भन्सार कार्यालय बुझाईने सशस्त्र प्रहरीले जनाएको छ ।
यसमा तपाईंको प्रतिक्रिया: