प्रहरी बेइमान, अस्पतालमा तुल्स्यान

वीरगंज,३० फाल्गुन । गैरकानुनी रुपमा नक्कली किटनाशक उत्पादन तथा भण्डारण गरेको आरोपमा पक्राउ परेका किसान एग्रो प्रालिका संचालक श्याम कुमार तुल्स्यानलाई पर्सा प्रहरीले अस्पतालमा पुर्याएको छ ।

आर्थिक चलखेलको अधारमा पर्सा प्रहरीले तुल्स्यानलाई थुनामा नराखि स्वास्थ प्रतिकुलताको बहानामा बीरगन्ज हेल्थ केयर अस्पतालमा पुर्याएको छ । बीरगन्ज हेल्थ केयरको तेश्रो तल्लामा रहेको केबीन नम्बर ३ मा तुल्स्यान अराम गरिरहेका छन् ।

प्रत्येक दिनको ५ हजार ५ सय तिरेर प्राइवेट अस्पतालको बातानुकुलित कोठामा बसेका तुल्स्यानलाई प्रहरीले सुरक्षा प्रदान रहेको छ । बुधवार जिल्ला अदालत पर्साले अनुसनधानकोलागि एक साताको म्याद थपेपछि एकाएक उनको स्वास्थय अवस्था विग्रीएको थियो ।

म्याद थप नभए सम्म समान्य देखिएका तुल्स्यान म्याद थप भएपछि प्रहरी हिरासतमा नगएर सिधा अस्पताल पुगेका थिए । बीरगन्जका ठुलठुल्ला व्यवसायी तथा उद्योगी घराना तथा राजनैतिज्ञ संग नाता र सम्बन्ध जोडिएकाले थुनामा रहदा प्रतिष्ठा विग्रीने भएकोले उनलाई अस्पताल मै राख्न प्रबन्ध मिलाइएको श्रोतले जनाएको छ ।

सुगर बढेर उनलाई अस्पतालमा राखिएको प्रहरीले बताएपनि तुल्स्यानको सुगर टेस्टको रिपोर्ट भने चिकित्सकले देखाउन मानेका छैन्न । तुल्स्यानलाई अस्पताल पुर्याउन स्थानिय प्रशासनले ठुलो रकम नजराना बुझेको समेत तुल्स्यान निकटको श्रोतले जनाएको छ ।

पर्सा प्रहरीले असहाय तथा आर्थिक अवस्था ठिक नभएका आरोपितलाई जिल्ला प्रहरी कार्यालयको थुनामा कोची कोची राखिन्छ तर करौडपति, उद्योगिलाई नाटकगरि विरामीको बहाना बनाएर थुनामा बस्न नपर्ने अवस्था प्रहरीले मिलाउने गरेको छ ।

तुल्स्यान माथी मुलुकी अपराध संहिंता ऐन २०७४ अन्तरगत मुद्दा चलाईने छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिका वडा नम्बर ४ मा अवैध रुपमा संचालित किसान एग्रो केमिकल्स प्रालिमा हिजो छापामारी गरी सिलबन्दी गरेको थियो ।

उद्योग वीरगंज २४ रामगढवामा दर्ता रहेपनि वीरगंजको वडा नम्बर ४ मा समेत दर्ता विना नै उद्योग संचालनमा आएको भेटिएपछि उनलाई कानुनी कारवाही कालागि प्रहरी हिरासतमा राखिएको र अचानक विरामी भएपछि अस्पताल भर्ना गरिएको बताईएको छ ।

तुल्स्यानलाई प्रहरी हिरासतमा राख्नबाट बचाउन उच्च राजनैतिक दवावको कारण अस्पतालमा पुरयाईएको विशेष श्रोतले जनाएको छ ।

error: Content is protected !!