हरेक गाउमा आधुनिक विवाह भवन बनाउने मेरो लक्ष्य : सांसद यादव

वीरगंज,२९ फागुन । संघिय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले पर्साका हरेक गाउ गाउमा आधुनिक विवाह भवन बनाउने लक्ष्य अनुरुप अगाडी बढी रहेको बताउनु भएको छ ।

सांसद पुर्वाधार विकाश साझेदारी कार्यक्रम अन्तर्गत आज भेडीयारीमा विवाह भवनको शिलान्यास गर्दै सांसद यादवले हरेक गाउमा एउटा आधुनिक विवाह भवन होस भन्ने लक्ष्य लिएर काम गरि रहेको बताउनु भयो ।

मेरो संसदीय क्षेत्र ठुलो भएपनि हरेक गाउ र क्षेत्रको विकाशका लागी कम्मर कसेर लागेको बताउनु भयो । सरकारले सांसदहरुलाई कम पैसा उपलब्ध गराएकोले सबै ठाउमा विकाश गर्नु पर्ने अवस्था रहेको हुदा आफुले सक्भर हरेक क्षेत्रको विकाश होस भन्ने लक्ष्यका साथ काम गरीरहेको बताउनु भयो ।

गाउका गरिब किशानका लागी बजारमा गएर ठुला ठुला होटेल बुक गरेर आफनो छोरी बेटीको विवाह गर्न ठुलो धन राशी खर्च गर्नु पर्ने अवस्थाको अन्त गर्न यो विवाह भवनको निर्माण गर्न लागीएको सांसद यादवले बताउनु भयो ।

आफनो निर्वाचन क्षेत्रको हरेक गाउमा एउटा आधुनिक विवाह भवन होस मेरो चाहना रहेको छ सोही अनुरुप निकट भविष्यमै लक्षुमनवा,नगवा,मुर्ली,बेलवा लगाएतका गाउहरुमा समेत सुविधा सम्पन्न आधुनिक विवाह भवन बन्ने बताउनु भयो ।

टेन्डर प्रक्रियामा काम गर्दा ढिलाई हुने भएकाले आफुले उपभोक्ता समिती मार्फत काम दिएकोले यहाका स्थानीयले पनि यसमा श्रमदान दिन आग्रह गर्नु भयो ।

सांसद प्रदिप यादवको संसदीय विकाश पुर्वाधार कोषबाट २० लाखको लागतमा विवाह भवन निर्माण हुन लागेको हो । विवाह भवन शिलान्यास कार्यक्रममा जिल्ला समनव्य समितीका सभापति नेक महमद अंसारी,संघिय समाजवादी फेरम नेपालका नेता,कार्यकर्ता तथा स्थानीयहरुको उल्लेखनिय उपस्थीती रहेको थियो ।

error: Content is protected !!