३ वर्ष भित्र नारायणी अस्पताल देशकै नमूना अस्पताल बन्छ : सांसद यादव

बीरगंज,२९ फागुन । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले नारायणी उप-क्षेत्रीय अस्पताल बाट स्तरउन्नती भएको नारायणी अस्पताललाई देशकै नमुना अस्पताल बनाउने बताउनु भएको छ ।

नारायणी अस्पताल लेखिएको साईन बोर्ड अनावरण गर्दै सांसद यादवले मैले आफनै कार्य कालमा यस अस्पताललाई देशकै नमुना अस्पताल बनाउने लक्ष्य लिएर काम गरिरहेको बताउनु भयो ।

यसमा सबैको सहयोग आवश्यक पर्ने उनले भने,सबैको सहयोग भयो भने ३ वर्ष भित्र यस अस्पतालको मुहार फेर्ने छु सांसद यादवले दावी गरे ।

काठमाडौँको वीर अस्पतालसँगै ६० वर्षअगाडि स्थापना भएको नारायणी अस्पतालको विकासमा कसैले चासो दिएका थिएनन्।

मेरो पहल र आग्रहमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वाथ्यमन्त्री उपेन्द्र यादवले स्तरोन्नति गर्ने निर्णय गर्नुभएकोमा सांसद यादवले धन्यवाद समेत दिए ।

नारायणी उपक्षेत्रीय अस्पताललाई स्तरोन्नति गरी पाँच सय शय्याकाे बनाइएकाे छ। यसअघि सरकारको २ सय र अस्पताल विकास समितिकाे एक सय शय्या मात्र सञ्चालनमा थियाे।

मेडिकल कलेज बनाउन एक हप्ता भित्र टेण्डर हुने

३ सयबाट ५ सय शय्यामा स्तरोन्नति भएको नारायणी अस्पताललाई मेडिकल कलेज बनाउनका लागि पनी तयारी शुरु भएको छ। त्यसका लागि तीन दिनदेखि इञ्जिनियरहरुले माटो परिक्षणको काम गरिरहेका छन्।

सांसद यावदले भने, ‘नारायणी अस्पताललाई मेडिकल कलेज बनाउनका लागि अर्थ मन्त्रालयबाट ७० करोड रुपैयाँ निकासा भएर शहरी विकाश मन्त्रालयमा गइसकेकोले अब केही दिनमै टेण्डर खुल्ने जानकारी दिए ।

यादवले मेडिकल कलेज बनाउनका लागि जग्गा प्राप्तिको प्रक्रिया तत्काल टुङग्याइदिन पनि पर्साका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे। कार्यक्रममा जिल्ला समन्वय समिति का सभापति नेक महमद अंसारी, नारायणी अस्पतालका मेसु डा.एनामुल हक,राजपाका महासचिव नेजामुदीन सम्मानी,पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेंद्र चौहान, पर्साका अध्यक्ष श्याम बनजारा लगाएत संचारकर्मी तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।

error: Content is protected !!