भन्सारमा सशस्त्रको कडाई, दैनिक लाखौको तस्करीका समान पक्राउ

वीरगंज,२८ फागुन । सशस्त्र प्रहरीले वीरगंज भन्सार नाकामा कडाई गरे संगै दैनिक लाखौ मुल्यका लत्ता कपडा लगाएत भन्सार छलीका समानहरु पक्राउ गरि रहेको छ ।

भन्सार क्षेत्रमा कडाई संगै तस्करहरुले खुल्ला सिमाको फाईदा उठाउदै चोर बाटोबाट भन्सार छली गरेका लाखौ मुल्यका समानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगंज महानगरपालीकाको भकुवा नाका एरीयाबाट भन्सार छलीका लाखौ मुल्यका समानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म विरगंज भन्सारबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भन्सार छली गरी नेपाल भित्रयाएका लाखौ मुल्यका लत्ता कपडा बरामद गरेको हो ।

सिमावर्ती भारतीय शहर रक्शौलबाट ल्याइएका विभिन्न समानहरु सर्टिगं शुटिंग, रेडीमेट, थान कपडा, साडीहरु लगाएतका समानहरु भन्सार छली नेपाल प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले बताउनु भयो ।

पक्राउ गरिएको समानहरुको भन्सार मुल्य लगभग २ लाख १५ हजार रुपैया बराबरको रहेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ गरिएको समानहरुलाई थप आवश्यक प्रक्रियाका लागी वीरगंज भन्सार कार्यालयमा बुझाईने सशस्त्र प्रहरीले जनाएको छ ।

error: Content is protected !!