पर्सा प्रहरीको ठुलो उपलब्धी : केडिया अपहरणका मुख्य योजनाकार पक्राउ

वीरगन्ज,२५ फागुन । वीरगन्जका उद्योगी सुरेश केडियाको अपहरण काण्डका मुख्य योजनाकार सहित प्रहरीले दुईजना भारतीय अपराधीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार पुर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल निवासी बब्लु पासवान तथा भारत बिहार मोतिहारी जिल्ला राजहर्नाह ग्रामपञ्चायत वडा नं. ३ बस्ने नन्की महतो भन्ने विजय कुशवाहा रहेको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने मध्ये बब्लु पासवना केडिया अपहरणको मुख्य योजनाकार रहेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताउनु भयो । भारतीय अपराधीहरु अपराधिक क्रियाकलाप गर्ने उदेश्यले हातहतियार सहित नेपालमा प्रवेश गरेको सुचनाका आधारमा पर्साको छिपहरमाई गाउँपालिका वडा न. ५ स्थीत बाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक ढकालले वतानु भयो ।

२०७३ साल जेठ २३ गते अपहरणमा परेका वीरगन्जका व्यापारी सुरेश केडियाको अपहरणको ग्राण्ड डिजाईनर बल्लु दुवे र पक्राउ परेका बब्लु पासवान रहेको प्रहरीले जनाएको छ ।

बब्लु दुवेले अपहरित व्यापारीबाट १० करोड रुपैया असुल गरेमा अन्य साथीहरुलाई रकम भागबण्डा नगरे पछि पसावनले दुवेको हत्या गरेका थिए ।

प्रहरीको व्यानमा पासवानले आफुहरुले केडियालाई सिमा मात्र कटाएको दावी गर्दै असुल रकमबाट एक पैसा पनि प्राप्त नभए पछि दुवेको हत्या गरेको स्वीकार गरेका छन् ।

अपहरणमा परेका केडियालाई फिरौती बुझाएर भारतिय प्रहरीको सहयोगमा भारतको मोतीहारीबाट अपहरण मुक्त गराइएको थियो ।

error: Content is protected !!