सशस्त्रको राजश्व गस्ती टोलीद्वारा लाखौ मुल्यका लत्ता कपडा बरामद

वीरगंज,२२ फागुन । वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत रजतज्यन्ती चौक एरीयाबाट भन्सार राजश्व गस्ती सशस्त्र प्रहरीको टोलीले लाखौ मुल्यका लत्ता कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म विरगंज भन्सारबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भन्सार छली गरी नेपाल भित्रयाएका लाखौ मुल्यका लत्ता कपडा बरामद गरेको हो ।

सिमावर्ती भारतीय शहर रक्शौलबाट ल्याइएका विभिन्न समानहरु लत्ता कपडा,स्टीलका भाडा वर्तन तथा किराना समानहरु भन्सार छली नेपाल प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले बताउनु भयो ।

पक्राउ गरिएको समानहरुको भन्सार मुल्य लगभग १ लाख २४ हजार रुपैया बराबरको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ गरिएको समानहरुलाई थप आवश्यक प्रक्रियाका लागी वीरगंज भन्सार कार्यालयमा बुझाईने सशस्त्र प्रहरी निरीक्षक पदम खडकाले जानकारी दिनु भयो ।

error: Content is protected !!