एकसय पिस लागुऔषध कोरेक्स सहित एक पक्राउ

वीरगंज,२० फागुन । वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत इनर्वा गाउको बाइपास रोडबाट प्रहरीले प्रतिबन्धीत लागुऔषध कोरेक्स सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जिल्ला फेटा गाउपालीका वडा नम्बर ३ बस्ने वर्ष २२ को सुनिल मण्डल रहेका छन ।

प्रहरी चौकी इनर्वा गाउबाट प्रहरी सहायक निरीक्षक भिमसेन अचार्यको नेतृत्वमा खटेको प्रहरी टोलीले रक्सौलबाट विरगंज तर्फ पैदल आइरहेका मण्डलको साथबाट १ सय पिस लागुऔषध कोरेक्स बरामद गरिएको प्रहरी चौकी ईनर्वा गाउका प्रहरी सहायक निरीक्षक भिमसेन अचार्यले बताउनु भयो ।

दुई वटा सेतो बोरामा राखीएको अवस्थामा शंकालागी चेकजाच गर्ने क्रममा १ सय पिस लागुऔषध कोरेक्स बरामद भएको प्रहरी सहायक निरीक्षक अचार्यले बताउनु भयो ।

लागुऔषध कोरेक्स सहित मण्डललाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी चौकी ईनर्वा गाउले जनाएको छ ।

error: Content is protected !!