आज महाशिवरात्री देश भर शिवको पुजा अराधना गरी मनाइदै

वीरगन्ज २० फागुन । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।

वीरगन्जमा पनि यहा स्थीत रहेको शिवालयहरुमा विहानै देखी महिलाहरुले भगवान शिवको पुजा गरी महाशिवरात्री पर्व मनाइरहेका छन ।

हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने चलन छ ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि सहित चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेख छ ।

आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्व्िसद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

error: Content is protected !!