वीरगंजमा अब घरमै बसी बसी घर नक्सा पास,अनलाइन सेवा शुरु

महानगरपालिकाबाट अब फाइल हराउने क्रमकोअत्यहुने -प्रमुख प्रशासकिय अधिकृत भुसाल 
वीरगञ्ज । सेवा ग्राहिलाई सहज रुपमा महानगरपालिकाबाट सेवा प्रदान गरिने उदेश्यका साथ वीरगंज महानगरपालिकाले नक्साकंनको सेवालाई अनलाइन बनाएको छ । इलेक्ट्रोनिक बिल्डिड्ड परमिट सिस्टम(ईबिपिएस) सेवा आजदेखि  शुरु गरेको हो ।
यसलाई अनलाईन विद्युतीय घरनक्सा पास भन्ने पनि गरिन्छ ।आइतवार वीरगंज महानगरको वडा नं १३ तेजारथ टोलका कृष्ण चौहानले घरको नक्सा अनलाईन घरबाटै बसीबसी दर्ता तथा उक्त नक्साको फाइलामा महानगरबाट के कस्तो पहल भयो,कुन शाखामा पुग्यो,पास भयो कि भएन भन्ने कुरा समेत हेर्न सकिन्छ ।
इन्जिनियर तथा डिजाइनरले बनाएको नक्साको फाइलतथा महानगरमा दिनहु धाउनु पर्ने समस्याको अन्त्य भएको महानगरका प्रमुख प्रशासकिय अधिकृत डा भिष्म कुमार भुसालले  बताउनु भयो । यसले महानगरपालिकाबाट फाइल वा कागज हराउने क्रमको अत्यसगै  टेबुलहरुमा हुने गरेको विभिन्न बाहानाहरुको अन्त्थय भएको उहाको  भनाइ रहेको थियो ।
कर्मचारीहरुलाई एक टेबलबाट अर्को टेबलमा काम गर्न हुने पैसाको चलखेल तथा अनियमिततालाई लगाम लगाउने समेत उहाको दाबी रहेको छ । घरनक्सा पास शाखाका प्राविधिकहरुका अनुसार नियम सबै पुरानै हो,जस्तै १० रुपैया प्रति वर्गफिटको हिसाबले शुल्क लाग्ने र डिजाइनरले बनाएको घरको नक्सा,सेवाग्राहीको घरबाटै वा इन्जिनियरकै अफिसबाट अनलाईन दर्ताको लागि सुविधा मिल्ने छ ।
महानगर भित्र रहेका २५ हजार भन्दा बढि घरको नक्सा जुन पहिले हातबाट पास हुन्थ्यो सबैलाई स्केनिग गरी कम्प्युटरमा संरक्षित गर्ने कामको लागि पनि महानगरले फागुन १९ गतेकै दिन गोरखापत्रमा सूचना प्रकाशित गरी घरनक्सा सुरक्षित(सेभ) गर्न कम्पनीको लागि टेण्डर निकाली सकेको छ ।
error: Content is protected !!