शिवजी सोनीको संयोजकत्वमा पकाहामैनपुरमा ससफोको ११ सदसीय पालीका स्तरीय कमिटी गठन

बीरगंज,१८ फागुन । संघीय समाजवादी फोरम नेपालले आफनो संगठन विस्तारको क्रममा पकाहामैनपुर गाउपालीकामा शिवजी प्रसाद सोनीको संयोजकत्वमा ११ सदसीय पालिका स्तरीय तदर्थ समिति गठन गरेको छ ।

पकाहामैनपुरमा आयोजित पालिका स्तरीय तदर्थ कमिटीका सदस्यहरूमा रमेश चौरसिया, राजेन्द्र चौरसिया, मुरादीन मिया,हनिफ मिया,ज्ञान महमद आलम,ध्रुप पटेल,विनोद मेहता, चनवीर राम,पृथ्वी नारायण साह र सुरेन्द्र प्रसाद चौहान रहेका छन ।

तदर्थ समिति का सदस्यहरूलाई कार्यक्रमका प्रमुख अतिथि संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य प्रदेश सांसद प्रहलाद गिरीले अबीर र माला लगाई स्वागत गरेका थिए ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका जिल्ला इन्चार्ज प्रदेश सांसद सिंहासन साह कलवार,सह इन्चार्ज रामनरेश प्रसाद यादव,जिल्ला कार्यवाहक अध्यक्ष सुन्दर कुर्मी र जिल्ला सदस्य तवरेज अहमद लगाएतले समेत कमिटीका सदस्यहरुलाई अवीर माला लगाई स्वागत गरेका थिए ।

गाउपालीका उपाध्यक्ष कुसुमी देवीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल संग सुभेक्छा राख्ने उल्लेखनीय मात्रामा स्थानीयको उपस्थिति रहेको संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य तवरेज अहमदले जानकारी दिनु भयो।

error: Content is protected !!