समाजवादी युवा फोरमको क्षेत्रिय कमिटी अवैधानिक-युवा फोरम(प्रेस विज्ञप्ति सहित)

बीरगन्ज , फागुन १८ गते । पार्टी र संगठनको विधी विधान विपरित कार्य नगर्न गराउन समाजवादी युवा फोरम नेपालले पार्टी पंक्तीलाई आग्रह गरेको छ ।

समाजवादी युवा फोरम नेपाल पर्साका अध्यक्ष शेख जल्सोदिन तथा इन्चार्ज सरोज यादवले एक प्रेस विज्ञप्ती जारी गरि युवा संघको नाममा केहि व्यक्ति समुहले आफनो स्वार्थ पूर्ती गरिरहेको आरोप समेत लगाएका छन ।

यहि फागुन १७ गते समाजिक संजालमा बीरगन्ज महानगरपालिका वडा.न. १८ बिन्दवासनीमा समाजवादी युवा फोरमको क्षेत्रिय कमिटी गठन भएको थाहा हुदा उक्त कार्यक्रममा युवा फोरम नेपालको जिल्ला कार्य समिती पर्साको कुनै संल्गनता नरहेको विज्ञप्तीमा जनाइएको छ ।

युवा फोरमको कमिटी र भेला हुदा जिल्ला पदाधिकारी तथा इनचार्जलाई कुनै जानकारी नै नदिएर आफनो स्वार्थ पुर्तीकालागि केहि व्यक्तिले गरेको कार्य विधान अनुसार नभएकोले त्यस्ता कमीटी अवैधानिक रहेको समेत विज्ञप्तीमा उल्लेख छ ।

error: Content is protected !!