पर्सा प्रहरीको सक्रियता,अवैध घरेलु मदिरा नष्ट,लागुऔषध तथा मरिच सहित ३ पक्राउ

वीरगंज,१७ फागुन । पर्सा प्रहरीको सक्रियताले अवैध लागुऔषध तथा मरिच सहित ३ जनालाई पक्राउ गरिनुका साथै अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले पटेर्वासुगौली गाउपालीकाको वडा नम्बर २ स्थीत बाट संचालनमा रहेको २५ वटा भटीबाट तयारी अवस्थामा रहेको ५० लिटर घरेलु मदिरा तथा कच्चा पदार्थ ४ हजार लिटर नियन्त्रणमा लिएर स्थानीय तथा संचारकर्मीहरुको उपस्थीतीमा नष्ट गरिएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिनु भयो ।

त्यसैगरी प्रहरीले वीरगंज महानगरपालीका वडा नम्बर १६ रजतज्यन्ती चौकमा नियमीत चेकजाचका क्रममा प्रतिबन्धीत लागुऔषध एमपुल सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालीका वडा नम्बर १० बस्ने वर्ष १७ को रितिल शाही र सोही वडा बस्ने वर्ष २४ को सुभाष कार्की रहेका छन । प्रहरीले दुवैजनाको साथबाट लागुऔषध इन्जेक्शनहरु डाईजेपाम ५० पिस, फेनारगन ५० पिस र नुर्फिन ५० पिस बरामद गरेको पर्साका प्रहरी उपरिक्षक ढकालले बताउनु भयो ।

पक्राउ परेका दुवैजना माथी लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।त्यसैगरी प्रहरीले नेपाल बाट भारत तर्फ लगिरहेको अवस्थामा मरिच सहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी सिर्सिया पर्सावाट खटिएको प्रहरी टोलिले बिरगंज महानगरपालीका वडा नं १७ स्थितबाट ना. १७ प.६५३८ नम्बरको मोटरसाइकलमा लोड गरी लैजादै गरेको ५० किलो मरिच सहित चालक जिल्ला पर्सा बहुदरमाई नगरपालीका वडा नं.३ नगरदाहा बस्ने बर्ष ३२ को फजिल मियाँलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

error: Content is protected !!