प्रदेश जनसभालाई भव्य बनाउन नेकपाको तयारी

बीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को प्रदेश स्तरिय जनसभाकोलाई भव्यरुपमा सम्पन गर्न तयारी तिब्र बनेको छ । नेकपाका दुबै अध्यक्ष प्रधानमन्त्री केपी ओली र प्रचण्डले फागुनको २५ गते रौतहटको गरुडामा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जनसभामा अत्यधिक जन सहभागिता जुटाउन अहिले नेकपाको प्रदेश कमिटी सकृय बनेको छ । सोहिक्रममा बुधवार नेकपा पर्साको बैठक सम्पन भएको छ ।

प्रदेश २ नेकपाका अध्यक्ष प्रभु साहको विषेश उपस्थितीमा भएको बैठक जनसभालाई भव्य बनाउन आवश्यक गृहकार्यमा जुटन जिम्मेवारी मातहतका कमिटीलाई दिएको छ । पर्साको हरेक पालिका र नगरबाट व्यापक सहभागिता जुटाउने नेकपाको तयारी रहेको छ ।

मधेशका समस्यालाई समाधान गर्न र यंहाको विकाश र आवश्यकतालाई पुरा गर्नकोलागि जनसभा आयोजना गरिएकोले उल्लेखनिय सहभागिता गराउने प्रदेश २ का नेकपा अध्यक्ष साहले बताए । यस्कालागि गाउ गाउमा कार्यकर्ता परिचालन गरिने समेत साहले बताउनु भयो ।

नेकपाको पार्टी कार्यालय मनमोहन नगर रमगढवामा भएको बैठकमा पर्सा कार्यदलका नेता रामचन्द्र साह, प्रभु हजरा, बिजय महतो , छोटेलाल यादव, प्रदेश कमिटी सदस्यहरुको सहभागिता रहेको थियो ।

error: Content is protected !!