रक्तदान मानवीय सेवाको उच्चतम अभ्यास ः सांसद यादव

बीरगन्ज, फागुन १६ गते । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले रक्तदान मानवीय सेवाको उच्चतम अभ्यास भएको बताउनु भएको छ ।

विहिवार बीरगन्जको छपकैयामा रहेको ब्रहमकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको रक्तदान कार्यक्मलाई उदघाटन गर्दै सांसद यादवले यस्तो बताउनु भएको हो ।

रक्तदानले अरुको जिवन संरक्षण हुने भएकोले यस पावन कार्यलाई अझै विस्तृत रुपमा गर्नु पर्ने यादवले जोड दिनु भयो । पछिल्ला वर्षहरुको तुल्नामा अहिले रक्तदान गर्ने उत्साह बढदै गएको बताउदै यादवले रक्तदान प्रति जागरुकता बढाउन प्रयासमा आफु सकृय सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

शान्तिको संदेश दिने पवित्र संस्थाको रुपमा रहेको राजयोग सेवा केन्द्र बाट सम्पादित कार्यको यादवले प्रषंसा गर्नु भयो । आफनो संसदिय क्षेत्र भित्र रहेको यो संस्था मानविय सेवामा अग्रसर रहेको यादवले बताउनु भयो । राजयोग सेवाकेन्द्रमा अशान्त मन शान्त हुने अनुभव आफुले गरेको यादवले बताउनु भयो ।

बुधवार हेल्किपटर दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको मृत्युको घटनाले आफु अतयन्तै मर्माहित भएको सांसदले बताउनु भयो । मन्त्री सहित ज्यान गुमाएका सातै जनाप्रति श्रद्धान्जली व्यक्त गर्दै सांसद यादवले आफु हिजो घटना भएको थाहपाउदा देखि मन अशाध्य दुखी बनेको बताउनु भएको थियो ।

व्याकुल मन अहिले राजयोग सेवा केन्द्रमा आएर केहि शान्त बनेकोपनि यादवले बताउनु भयो । कार्यक्रममा शुनिल खेतान, समाजिक अभियन्ता प्रकाश थारु, फोटो पत्रकार महासंघ प्रदेश २ अध्यक्ष राम सर्राफ लगायतकाले रक्तदान प्रति उत्साहित बनाउदै मन्तव्य राख्नु भएको थियो ।

error: Content is protected !!