खेलाडीहरुको मनोबल बढाउन सरकारी स्तरमा रोजगारीको व्यवस्था गर्नु पर्छ-मुख्यमन्त्री राउत

वीरगंज,१५ फागुन । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले खेल जगतलाई प्रोत्साहन गर्न राज्यले खेलाडीहरुलाई सरकारी स्तरमा रोजगारीको व्यवस्था गर्नु पर्ने बताउनु भएको छ ।

एशियन गेममा उत्कृष्ट भएका खेलाडीहरुलाई सम्मान गर्ने उदेश्यले नेपाल शिन क्योकुशिन कराते संघले वीरगंजको श्रीपुर स्कुलमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले नेपालमा एक से एक राम्रा खेलाडीहरु रहेपनि राज्यको तर्फबाट ति खेलाडीहरुलाई जुन हौसला बढाउने काम हुनुपथ्र्यो त्यो नभएकोले राम्रा राम्रा खेलाडीहरु खेल जगतबाट पलायन भएको अवस्था रहेको बातउनु भयो ।

मुख्यमन्त्री राउतले आउने दिनमा प्रदेश सरकारले एउटा सोच बनाएर अगाडी बढी रहेकोले खेलाडीहरुलाई प्रोत्शाहनका निम्ती सरकारी स्तरबाट रोजगारीको व्यवस्था गर्न सकियो भने खेलाडीहरुको खेल प्रति मनोबल बढने विश्वास व्यक्त गर्नु भयो ।

 

विश्वमा पहिचान दिलाउने खेलाडीहरु प्रति राज्यले खासै महत्व दिएन-सांसद यादव

कार्यक्रममा संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवम प्रतिनिधी सभा सदस्य सांसद प्रदिप यादवले सदियौ देखी राज्यले खेलकुदमा र खेलाडीहरु प्रती खासै महत्व नदिएको आरोप लगाउनु भयो ।

राम्रो खेलाडी हुदा हुदै पनि आर्थीक स्थीतीले कमजोर भएर अगाडी बढन बाट बञ्चीत भइरहेकोले पनि खेल जगतमा नेपालको स्थीती दयनिय रहेको बताउनु भयो । नेपाली किक्रेट टोली राष्ट्रिय स्तरमा राम्रो काम गरि रहेको बताउदै पहिलो चोटी राज्यको तर्फबाट खेलाडीहरुलाई गरिएको सम्मान एवम सहयोगका लागी सरकारलाई धन्यबाद समेत दिए ।

नेपालको खेल जगतलाई विश्वमा पहिचान दिलाउने खेलाडीहरुलाई राज्यले सेवा सुविधा दिनु पर्ने बताउनु भयो । खेलाडीहरुको आर्थिक स्थीती कमजोर हुन नदिन प्रदेश सरकारले पनि रोजगारीको व्यवस्था गर्नु पर्ने बताउनु भयो । प्रदेश सरकारले आफनो ऐनमै व्यवस्था गरेर भएपनि खेलाडीका लागी रोजगारीको व्यवस्था गर्न मुख्यमन्त्रीलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत गद्यीले एशियन गेममा उत्कृष्ट भएका खेलाडीहरुलाई प्रशंसा पत्र तथा मेडल दिएर सम्मान गर्नु भएको थियो । मुख्यमन्त्री गद्यीले खेलाडीहरुलाई प्रोत्शाहन स्वरुप मुख्यमन्त्री कोषबाट ४ लाख रुपैया नेपाल शिन क्योकुशिन कराते संघलाई हस्तानतरण समेत गर्नु भयो ।

कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी,प्रहलाद गिरि,पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराई,पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल,संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य विरेन्द्र यादव,जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी , फोरमका नेता सलाउदिन अहमद,समाज सेवी पशुपति विक्रम साह,उषा साह,क्रिकेट संघ पर्साका जौवाद अंसारी र प्रभात काव्य यात्राका संयोजक अरुण विक्रम शाह लगाएतको उपस्तीथी रहेको थियो ।

कार्यक्रम क्यो शिन कराते संघ प्रदेश नम्बर दुईका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!