आतंकवाद विरुद्ध भारतको समर्थन गर्दैै राजपाले निकाल्यो रयाली

वीरगंज,१४ फागुन । राष्ट्रिय जनता पार्टी नेपाल पर्साले आतंकवाद विरुद्धको लडाईमा भारत हामी तिम्रो साथमा छौ भन्ने मुल नाराका साथ वीरगंजमा मोटरसाईकल रयाली निकालेको छ ।

भारतको जम्मु काशमीरमा ११ दिन अगाडी भारतीय सैनिकलाई लक्षीत गरेर भएको आतंकी हमलाको निन्दा विश्वभरी भइरहेका बेला राष्ट्रिय जनता पार्टी नेपालको भातृ संगठन राष्ट्रिय युवा संघ र राष्ट्रिय विधार्थी संघको आयोजनामा वीरगंजमा वृहत मोटरसाईकल रयाली निकालीएको हो ।

वीरगंज स्थीत रहेको भारतीय महावाणीज्य दुतावास कार्यालय अगाडी लाल बंगला बाट निकालीएको मोटरसाईकल रयाली वीरगंज नगरपरिक्रमा गरेको थियो ।

नगरपरिक्रमाका क्रममा आतंकवाद विरूद्धको लडाइँमा भारत हामी तिम्रो साथमा छौं भन्ने नारा लगाइएको थियो । रयाली पछि घण्टाघरमा आयोजीत कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजेशमान सिंहले आतंकवाद विरुद्ध सबै एक जुट भएर लाग्नु पर्ने धारणा राखे ।

आतंकवादले कसैको भलो गर्दैन नेता सिंहले भने भारतले आतंकवाद विरुद्ध वर्षौ देखी लडाई लडदै आएको बताउदै भारतको आतंकवाद विरुद्धको लडाईमा राजपा नेपाल पनि साथमा रहेको बताउनु भयो ।

राजपा नेपालका जिल्ला अध्यक्ष प्रेम बाबू पटेल , जिल्ला सचिव उमेश लाल सहनी , केन्द्रीय सदस्य मिनु ठाकुर , बरकतुल नेसा , डा.कमरूल अंसारी महिला नेतृ राधिका देवी , संगीता दास , नेताहरू खैरूद्दीन मियाँ , मदन प्रसाद यादव , बैजु लाल स्वर्णकार , रियाज मियाँ ठकुराई , विशोरी ठकुराई , राम बाबू पासवान , अयुब मियाँ , अब्दुल कलाम मियाँ , श्याम साह ,

मईम मियाँ , जिल्ला युवा अध्यक्ष सुशील पटेल , विष्णु पटेल , लियाकत अली , भुषाल चौरसिया , राजु गुप्ता , अफरोज मंसूरी , महम्द अली , आफताब आलम , समीर हवारी, बच्चु बाबू , शेखर अग्रवाल , जिल्ला विधार्थी संघ का अध्यक्ष मधुसूदन चौरसिया ,

ठा.रा.ब. ईकाइ अध्यक्ष अमित यादव, सचिव मो.सगिर , विधार्थी नेताहरू विक्की राज पटेल , अफरोज मियाँ , ओम प्रकाश साह , अकिन्द्र यादव अजय कुमार गुप्ता लगायत उल्लेखनीय संख्यामा राजपाका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

error: Content is protected !!