मेयर सरावगी चुनावी वचन पूरा गर्दै,अनलाइन घटना दर्ता वीरगंजबाट शुरु

वीरगंज,१३ फागुन । वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले चुनाव ताका गरेको वचन पुरा गर्ने दिशमा अघि बढेका छन् ।

महानगरको सबै वडामा अनलाइन प्राणालीबाट अनलाईन सेवा प्रदान गर्ने चुनावी नारालाई कार्यान्वयन तर्फ अगाडि बढेका छन् ।महानगर भित्र आधुनिक प्रविध तथा अनलाईन सेवा शुरु गर्दै उनले वीरगंज महानगरपालिकालाई डिजिटल महानगर बनाउने आश्वासनलाई मुर्त रुप दिएका छन् ।

प्रदेश २ को एक मात्र महानगर वीरगंजबाट अनलाइन घटना दर्ता शुभारम्भ गरिएको छ । देशभरीको चार वटा महानगरमा यसैवर्षदेखिशुरु भएको अनलाइन प्राणालीबाट गरिने घटनाक्रमको दर्ता सोमवारदेखि वीरगंज–२३ परसौनी वडा कार्यालयबाट पनि शुरु भएको छ । यो आधुनिक प्रविधिबाट विभिन्न प्रकारको घटनाक्रम दर्ता हुने क्रम शुरु भएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भूसालले दिनभर केन्द्र सरकारको विभिन्न निकायसंग समन्वय र सहकार्य गरी अनलाईन प्रविधि सूचारु गराएको जानकारी दिए । यो सेवा शुरु भएसंगै अब एउटा पालिकाको एउटा वडा भित्र दिनहु हुने घटना दर्तालाई केन्द्रीय डाटाबेसमा सुरक्षित राख्न सकिन्छ भने भोलीको दिनमा खोजेको भेला एउटा क्लिकबाट सहजै पत्ता लगाउन सकिन्छ ।

मनौ कुनै व्यक्तिको मृत्यु दर्ता गरियो भने त्यसवापत एउटा कोड सेवाग्राहीलाई दिइन्छ ।त्यो कोड चाहिएकोसमयमा सर्चगरी खोज्दा मृत्यु भएको व्यक्तिसंग सम्बन्धित सबै कागजात सहजै फेला पार्न सकिने सुविधा हुन्छ । अर्थात अव वडाको तथ्याक राष्ट्रिय स्तरमा पनि संरक्षित रहनुको साथै वडा कार्यालयबाट प्रदान गरिने सबै प्रकारका पञ्जिकरण दर्ताको तथ्याक अनलाइन सिस्टमबाट शुरु गरिएको छ ।

अनलाइन शुरुवात गर्ने कार्यक्रममा वडा नं २३ का वडा अध्यक्ष अवधकिशोर कुशवाहाको सभापतित्वमा भएको कार्यक्रममा पुर्व सासद विचारी यादव,वीरगंज महानगरपालिकाका सूचना तथा प्रविधि अधिकृत सतिश चौधरी,पञ्जिका प्रमुख प्राण मेहतालगायतको सहभागिता थियो ।

error: Content is protected !!