सिमा क्षेत्रमा सई गौत्तमको कडा निगरानी,चरेश सहित पुन: एक पक्राउ

वीरगंज,१३ फागुन । सिमा प्रहरी चौकी ईनर्वाको सक्रियताले सिमा क्षेत्रमा गरिएको कडा निगरानीका कारण दैनिक रुपमा लागुऔषध कारोबार गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन ।

इनर्वा प्रहरीले यो एक महिनाको अवधीमा मात्रै ३० किल्लो भन्दा बढी लागुऔषध चरेश सहित विभिन्न व्यक्तीहरुलाई पक्राउ गरेको छ ।

सोमबार विहान वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत नेपाल भारत प्रवेशद्वार शंक्राचार्य गेट अगाडी बाट १ किल्लो लागुऔषध चरेश सहित एकजना भारतीय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पुर्वी चम्पारण मोतीहारी निवासी वर्ष २३ को अमित मिया रहेका छन ।

सिमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगंजबाट सिमावर्ती भारतीय शहर रक्शौल तर्फ पैदल हिडी गइरहेका मियाको साथबाट १ किल्लो लागुऔषध चरेश बरामद गरिएको सिमा प्रहरी चौकी ईनर्वाका प्रमुख प्रहरी नायव निरीक्षक नकुलराज गौतमले जानकारी दिनु भयो ।

शंका लागी चेकजाच गर्ने क्रममा शरिर भित्र लुकाई छिपाई राखेको १ वटा पोकामा बेरेर राखीएको अवस्थामा १ किल्लो लागुऔषध चरेश बरामद भएपछि मियालाई समेत नियन्त्रणमा लिइएको प्रहरी नायव निरीक्षक गौतमले बताउनु भयो ।

लागुऔषध चरेश सहित मियालाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको सिमा प्रहरी चौकी ईनर्वाले जनाएको छ ।

error: Content is protected !!