सशस्त्र प्रहरीद्वारा भन्सार छलीका लाखौ मुल्यका कपडा बरामद

वीरगंज,१३ फागुन । वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत ईनर्वा गाउबाट सशस्त्र प्रहरीले भन्सार छलीका लाखौ मुल्यका लत्ता कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म विरगंज भन्सारबाट सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाको कमाण्डमा रहेको सशस्त्र प्रहरीको टोलीले इनर्वा गाउ संगै सटेको बारा जिल्लाको सिमा क्षेत्रबाट भन्सार छलीका लाखौ मुल्यका विभिन्न समानहरु बरामद गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले जानकारी दिनु भयो ।

सिमावर्ती भारतीय शहर रक्शौलबाट टाउकोमा बोकी पैदल नेपाल तर्फ आइरहेका व्यक्तीहरु सशस्त्र प्रहरीको टोलीलाई देखेर समानहरु रहेको कपडाको पोका फालेर भागेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद समानहरुमा विभिन्न किसीमका लत्ता,कपडा रहेको सशस्त्र प्रहरी निरीक्षक पदम खडकाले बताउनु भयो ।

पक्राउ गरिएको समानहरुलाई थप आवश्यक प्रक्रियाका लागी वीरगंज भन्सार कार्यालयमा बुझाईने सशस्त्र प्रहरी निरीक्षक पदम खडकाले जानकारी दिनु भयो ।

error: Content is protected !!