सशस्त्र प्रहरीद्वारा ३ लाख मुल्यको भन्सार छलीको समान बरामद

वीरगंज,१२ फागुन ।  वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत ईनर्वा एरीयाबाट भन्सार छलीका विभिन्न समानहरु सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म विरगंज भन्सारबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सिमावर्ती भारतीय शहर रक्शौलबाट ल्याइएका विभिन्न समानहरु भन्सार छली नेपाल प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले बताउनु भयो ।

सिमावर्ती शहर रक्शौल तर्फबाट वीरगंज प्रवेश गर्न लागेको विआर ०५ एफ ६५२५ नम्बरको भारतीय मोटरसाईकलमा लोड गरिएको विभिन्न किसीमका लत्ता,कपडा तथा चुरा र नेपाल बाट भारत तर्फ तस्करी गर्न लागीएको मरिच समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरिक्षक खडकाले बताउनु भयो ।

पक्राउ गरिएको समानहरुको मुल्य लगभग २ लाख ६२ हजार ७ सय रहेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ गरिएको समानहरुलाई थप आवश्यक प्रक्रियाका लागी वीरगंज भन्सार कार्यालयमा बुझाईने सशस्त्र प्रहरी निरीक्षक पदम खडकाले जानकारी दिनु भयो ।

error: Content is protected !!