वीरगंज हेल्थ केयरद्वारा एन्जियोप्लाष्टि शुरु,मुटु रोगीलाई यस्तो हुनेछ फाइदा

वीरगंज । निकै नै जटिल उपचार मानिएको मुटु उपचारको एन्जियोप्लाष्टिको वीरगंजबाट शुरुवात भएको छ । वीरगंज हेल्थकेयर हस्पिटल गण्डक बहुअरीले शनिवारदेखि यो सुविधा थप गर्दै गंगालाल ह्दय केन्द्र बासवारीका दक्ष चिकित्सकहरुको सहकार्यमा यो सेवा शुरु गरेको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

तीन महिनादेखि एन्जियोग्राफी सेवा शुरु गरेको अस्पतालले प्रदेश २ कै आठ जिल्लाका मुटु रोगको लागि प्रदेशमै सुविधा दिन स्वास्थ्य मन्त्रालयसग पनि समन्वय भइरहेको अस्पताललका प्रबन्ध निर्देशक अबुुलहैस अन्सारीले जानकारी गराए ।

उनले २०६७ साल देखि विविध विशेषज्ञ सेवा दिइरहेको अस्पतालले मुटु रोगीको लागि यो सेवा शुरुगरेकोमा खुशी व्यक्त गरे । उनले यो सेवाले प्रदेश २ कै मुटुरोगीको लागि फलदायी हुने विश्वास व्यक्त गरे ।

गंगालाल ह्ृदयकेन्द्र बाँसबारीको वरीष्ठ मुटुरोग विशेषज्ञ डा.रबि मल्लले गंगालालमा एन्जियोप्लाष्टि गराउने कतिपय रोगीलाई समस्या हुने भएकोले यदि यो सेवा वीरगंजबाट भयो भने निकैको फाइदा हुने बताए ।

समयमा अस्पताल नपुग्दै कतिपय मुटुरोगीको ज्यान जानेभएकोले वीरगंजमा यो सेवा विस्तारसंगै आम विरामीको खर्च बचत हुनुको साथै राजधानी ओहोरदोहोरको समस्या पनि टर्ने उनको भनाई थियो ।

हाल सम्मयो अस्पतालले मुटुको नशा ब्लक भएको वा नभएको हेर्ने विधि एन्जियोग्राफीको नतिजा अनुसार २९ जनामा नशा ब्लक भएको पाइएको तथा काठमाडौंमा उपचार गराउन जाने विरामी मध्ये प्रदेश २ कै ८० प्रतिशत देखिने भएकोले यो सेवाको यहाँ आवश्यकता पनि रहेको महसुस गरेको डाक्टरहरुले औल्याएका थिए ।

मुटु रोगीको उपचारको लागि सरकारले विपन्न वर्गलाई अधिकत्ममा १ लाख सम्म सहयोगको व्यवस्था गरेपनि प्रदेश नं २ का अस्पतालहरुले यो सेवा सञ्चालनमा नल्याएको कारण राजधानीमा मात्र मुटुरोगीले उपचार गराउन जानु पर्ने बाध्यता रहेको बताएका थिए ।

मुलुककै २१ प्रतिशत जनसख्या रहेको यस प्रदेशमा यो सुविधा थप भएसंगै मुटुरोगीको उपचारमा सहजता थपिने अनुमान गरिएको छ ।

पत्रकार सम्मेनलमा गंगालाल ह्रृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा विनय रौनियार, हेल्थकेयरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. एम ईजहार,डां अच्युतानन्दलाल कर्ण, हेल्थ केयरका न्यूरो सर्जन डा.फिरोज अफजल,डा.दिपक कुशवाहालगायतको सहभागिता थियो ।

अस्पतालकी नर्सिग ईन्चार्ज भूमिका अधिकारीले स्वागत गरेकी थिइन् ।

error: Content is protected !!