ईनर्वाका सई गौत्तमको सक्रियता,चरेश सहित एक पक्राउ

वीरगंज,११ फागुन । वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत नेपाल भारत प्रवेशद्वार शंक्राचार्य गेट अगाडी बाट ४ किल्लो लागुऔषध चरेश सहित एकजना भारतीय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत कलकत्ता बस्ने वर्ष २९ को महमद फैयाज रहेका छन ।

सिमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले शनिवार विहानै वीरगंजबाट सिमावर्ती भारतीय शहर रक्शौल तर्फ पैदल हिडी गइरहेका फैयाजको साथबाट ४ किल्लो लागुऔषध चरेश बरामद गरिएको सिमा प्रहरी चौकी ईनर्वाका प्रमुख प्रहरी नायव निरीक्षक नकुलराज गौतमले बताउनु भयो ।

शंका लागी चेकजाच गर्ने क्रममा शरिर भित्र लुकाई छिपाई राखेको ४ वटा पोकामा बेरेर राखीएको अवस्थामा ४ किल्लो लागुऔषध चरेश बरामद भएपछि फैयाजलाई समेत नियन्त्रणमा लिइएको प्रहरी नायव निरीक्षक गौतमले बताउनु भयो ।

लागुऔषध चरेश सहित फैयाजलाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको सिमा प्रहरी चौकी ईनर्वाले जनाएको छ ।

error: Content is protected !!