पहिलो हप्तामै एसपी सिंहको एक्शन, लागुऔषध कारोबारीको ढाँड भाचे

वीरगंज,९ फागुन । जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रमुखको रुपमा केहि हप्ता पहिला आउनु भएका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जिल्लामा आएको पहिलो हप्तामै लागुऔषध कारोबार गर्ने कारोबारीहरुलाई निशाना बनाएका छन ।

लागुऔषध कारोबारको हबको रुपमा उजागर हुदै गएको मकवानपुर जिल्लालाई लागुऔषध मुक्त जिल्ला बनाउने उदेश्यका साथ अघी बढदै एसपी सिंहले आफनो पहिलो एक्शनमै लागुऔषध कारोबार गर्दै आएकाहरुको ढाड भाचेका हुन ।

मकवानपुरबाट प्रहरीले करोडौ बजार मुल्य पर्ने २ क्युन्टल ७३ किल्लो लागुऔषध चरेश सहित २ जनालाई पक्राउ गरेपछि लागुऔषध कारोबारीहरुमा हडकम्प मचेको छ ।

मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१ डाँडाखर्कको बोल्ने लेकबाट २ सय ७३ किलो चरेशसहित स्थानिय ४३ वर्षीय चन्द्रबहादुर घलान र धादिङ गजुरी गाउँपालिका–८ किरानचोकका ३६ वर्षीय पशुपती भनिने जीवन तामाङलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनु भयो ।

उनीहरुको साथबाट २६७ पोका चरेश र घलानको गोठमा चरेश बनाउनका लागि तयारी अवस्थामा राखिएको ५ वटा बोराको ११० किलो गाजाको धुलो बरामद गरिएको छ । लागुऔषध सहित पक्राउ परेका दुवैजनालाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखीएको प्रहरीले जनाएको छ ।