‘बेटी पढाउ,बेटी बचाउ ’प्रदेश २ सरकारको सराहनीय कार्य–राष्ट्रपति भण्डारी

वीरगंज,९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले चलाएको ‘बेटी पढाऔं,बेटी बचाऔ’ अभियान राष्ट्रिय कार्यक्रम बनोस भने शुभकामना दिएकी छन् ।

वीरगंजस्थित त्रिजुद्ध माध्यमिक विद्यालयमा अयोजित ‘बेटी पढाऔं,बेटी बचाऔ’ शिक्षा वीमा÷मुद्दती बचत खाता कार्यक्रम शुभारम्भ गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।

‘समाजमा रहेको छोराछोरी वीचको भेदभाव र छोरी शिक्षामा महत्वपूर्ण योगदान पु¥याउन प्रदेश सरकारले ल्याएको ‘बेटी पढाऔं,बेटी बचाऔ’ अभियान अन्य प्रदेशले अनुशरण गर्न प्रेरणा दिनेछ,’उनले भनिन्,‘छोराछोरीको समान शिक्षा र अवसरको लागि यो कार्यक्रम पछि गएर राष्ट्रिय कार्यक्रम बनोस,मेरो शुभकामना छ ।’

संविधानको घोषणा पश्चात सम्पन्न तीनै तहको निर्वाचनपछि पहिलो पटक मधेसमा पुगेकी राष्ट्रपति भण्डारीले संविधानले सबैलाई समान अधिकार दिएको र महिलालाई राज्य सञ्चालन गर्न व्यवस्था गरेसंगै महिलाहरुको भूमिका महत्वपूर्ण खेल्न सक्ने भएकोले समाजिक जागरुकता बढाउन यो अभियान फलदायी हुने उनले विश्वास व्यक्त गरिन् ।

‘आमा बुवाको छोराछारीप्रतिको स्नेह बराबर हुन्छ,यो नै प्राकृतिक सच्चाई हो,तर आजको युगमा छोराछारीवीचको भेदभाव सुहाउदो कुरा होइन,यसले समाजलाई पछि पार्छ,’उनले आग्रह गर्दै भनिन्,‘जब सम्म एउटा परिवारमा छोरी बुहारीलाई शिक्षामा पहुच बढदैन,तब सम्म समाज र सिगो राष्ट्र विकसित हुन सक्दैन,सुखी नेपाल र समृद्ध नेपालमा यो अभियानले मद्दत गर्नेछ ।’

उनी प्रदेश २ सरकारले अगामि दिनमा भौतिक पूर्वाधारको विकास गर्दै कृषि उत्पादन बढाउन तथा उद्योगधन्दाको वृद्धि गरी यही रोजगारी सृजना गरोस र विदेश पलायन भइरहेको युवालाई स्वदेशमै केही गर्न अभिप्रेरित गरोस भन्ने सुझाव दिइन् ।

कार्यक्रममा प्रदेश न. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सामाजिक न्यायसहितको समतामुलक समाज निर्माणमा छोरी बिमा कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउँदै यस कार्यक्रमले तराइमा ब्याप्त दाइजो तथा महिला हिंसाका घटना नियन्त्रण हुने बताउनुभयो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले जुन देश छोराछोरीलाई समान शिक्षा र अवसर दिएका छन्,उनीहरु नै विकसित र समृद्ध राष्ट्रको रुपमा चिनि गरेको बताएका छन् ।उनले राष्ट्रपति विद्यादेवी भण्डारीकै अगाडि भाषण दिदै भने,–‘मैले प्रदेशको विकासको लागि दुई किसिमको खाका कोरेको छु,एउटा भौतिक त अर्को समाजिक,सडक,पुल,आलिशान भवनसंगै समाजिक विकास गरिएन भने समाजको वास्तविकविकास हुदैन तसर्थ, ‘बेटी पढाऔं,बेटी बचाऔ’ अभियान चलाई प्रदेशसंगै राष्ट्र विकसित हुन्छ ।

’यसले छोरी शिक्षाको लागी सक्रिय र भूमिका निर्वाह गर्ने विश्वास दिएको उनले बताए ।मधेसी समाजमा छोरा भन्दा छोरीलाई बढि प्राथमिकता दिइने भएकोले समाज शिक्षित हुन नसकेको र अन्य प्रदेश भन्दा प्रदेश २ पछि परेको उनले भने ।शुरु चरणमा प्रदेश ८जिल्लाको आठ वटा पालिकामा यो कार्यक्रम लागु भएको र माघ २ मा जन्मिने छोरीले यो कार्यक्रमको लाभ लिने छन् भनी उनले घोषणा गरे ।

छोरी शिक्षा विमा मुद्धति बचत कार्यक्रमको शुभारम्भमा बीरगंज महानगरपालिकाको वडा न. १ देखि १६ सम्म माघ १ गत्तेदेखि जन्मिएका आइसा खातुन, सृजना महतो, आयुषि गुप्ता, सकिना खातुन, लगायत २४ जना नवजात शिशुको बिमा गरिएको रसिद राष्ट्रपति भण्डारी द्वारा बालिकाका अभिभावकलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले छोरी २० बर्ष भएपछि बिमा बापतको १ लाख रुपैयाँ प्राप्त गर्न सकिने र रकम जम्मा गरिएको प्रभु बैंकको तर्फबाट समेत २५ हजार रुपैयाँ थप गरी १ लाख २५ हजार रुपैया प्राप्त हुने जानकारी दिनुभएको थियो ।

सो अवसरमा २००९ सालमा त्रिजुद्ध माविबाट एसएलसी परिक्षा दिएर नेपालको एसएलसी बोर्ड फस्ट हुनुभएका बरिष्ठ उद्योगपति बाबुलाल चाचान, त्रिजुद्ध माविका जग्गा दाता परिवारका गोपाल खेतानलाई प्रदेश सरकारको तर्फबाट कदर पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

यसैगरी प्रदेश सरकारले प्रदेशका ८ जिल्लामा एसएलसी परीक्षामा उत्कृष्ट स्थान ल्याउने २४ जना छात्राहरुलाई सम्मान सहित नगद पुरस्कार प्रदान गरेको थियो ।

प्रदेश न. २ का सामाजिक बिकास मन्त्रि नवलकिशोर रायको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद प्रदिप यादब, बीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय सरावगी लगायतका बक्ताहरुले शिक्षाको क्षेत्रमा प्रदेश न. २ को अवस्था अत्यन्तै दयनिय रहेको कुरामा जोड दिदै यो अभियानले तराई मधेशको शैक्षिक स्थितिलाई माथि उकास्ने बताउनु भएको थियो ।

error: Content is protected !!