राष्ट्रपतिलाई आग्रह गर्दै सांसद यादवले भने संविधान सशोधन र झुटा मुद्दा खारेजीको पहल होस

वीरगंज,९ फाल्गुन । पर्सा निर्वाचन क्ष्ोत्र नम्बर १ बाट निर्वाचीत सांसद प्रदिप यादवले संविधान सशोधन र मधेस आन्दोलनको समयमा जेलनेल परेका तथा झुटा मुद्दा लगाइएको मुद्दा खारेजी गरी रिहाई गर्न पहल होस भनेर राष्ट्रपति विद्यादेवी भण्डारीलाईआग्रह गरेका छन ।

प्रदेश नम्बर २ को सरकारले आयोजना गरेको ‘बेटी पढाऔं,बेटी बचाऔ’ वीमा÷मुद्दती खाता शुभारम्भ कार्यक्रमको उद्घाटन समारोहकी प्रमुख अतिथी रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीसंग सांसद यादवले संविधान सशोधन र मधेस आन्दोलनको समयमा जेलनेल परेका तथा झुटा मुद्दा लगाइएको मुद्दा खारेजी गरी रिहाई गर्न पहल होस भन्ने आग्रह गरेका हुन ।

‘राष्ट्रपति सम्पूर्ण मधेसीको पनि अभिभावक भएकोले,मधेसीको कुरा सुनेर अघि बढनु पनि उनको दायित्व हो,’संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष समेत रहेका सांसद यादवले भने,‘पहल गरेर संविधान सशोधन गरी मधेसीको पुरा नभएका हकअधिकारहरु सुनिश्चता गर्नुपर्छ भने अर्को तर्फ जेलमा परेका आन्दोलन ताका नेताकार्यकर्तालाई सिधा रिहाई गर्नु पर्छ,झुटा मुद्दा सदैवको लागि खारेज होस,म निवेदन गर्न चाहन्छु ।

’उनले प्रदेश २ को शिक्षाको अवस्था निकै कमजोर रहेकोले शिक्षाप्रति छोरीहरुको आकर्षण बढाउन कक्षा १० पास छात्रालाई एक÷एक थान ल्यापटप पनि वितरण गर्ने कार्यक्रम प्रदेश र संघीय सरकारको प्रयासमा ल्याउनु पर्ने उनले सुझाव दिए ।

error: Content is protected !!