सेवाग्राहीद्वारा मालपोतमा प्रदर्शन,कर्मचारीले घुस मागेको आरोप

वीरगंज,०३ फाल्गुन । लेखनदास र सेवाग्राहीको विरोधका कारण विहान ११ बजे देखी वीरगंज स्थीत रहेको मालपोत कार्यालयको कामकाज ठप्प रहयो ।

मालपोतमा रहेका कर्मचारीहरुले जग्गा सम्बन्धी काम लिएर आउने सेवाग्राहीहरु संग अवैध घुस रकम माग्ने गरेको सेवाग्राहीले आरोप लगाउदै विहानै देखी मालपोत कार्यालयमा विरोध प्रदर्शन गरेका थिए ।

पर्साको विभिन्न गाउ गाउबाट जग्गा सम्बन्धी काम लिएर आउने सेवाग्राही संग सानो सानो कामका लागी पनि पैसा माग्ने गरिएको र दिइएन भने कामै गर्दैनन मालपोतका कर्मचारीहरु पैसा संकलन गर्न मालपोतका विभिन्न फाट अर्थात शाखाहरुमा ११ जना विचौलीया राखीएको मालपोतका लेखनदास जादोलाल साहले आरोप लगाए ।

मालपोत कार्यालय वीरगंजका प्रमुख गम बहादुर विकले एक स्थानीय रेडीयोमा मालपोतमा काम गर्ने लेखनदासहरुलाई दलाल भनेको भन्दै मालपोत कार्यालय भित्र लेखापढि गर्ने लेखनदासहरुले पनि कार्यालय प्रमुखको विरोध गरेका थिए ।

मालपोत प्रमुखले लेखनदासहरुलाई भनिएको दलाल सब्द प्रती आपति जनाउदै कार्यालय परिसरमै कामकाज ठप्प पारेर विरोध प्रदर्शन गरेका थिए । यस बारेमा मालपोत प्रमुखले आफुलाई कुनै जानकारी नभएको बताउदै वहाहरु एक्कासी आएर विरोध प्रदर्शन गरेको बताउनु भयो ।

मालपोत कार्यालयमा ११ जना विचौलीया राखेको सवालमा उनले तामेली फाटमा कर्मचारीहरु अपुग भएकोले एकजना पुर्व कर्मचारीलाई ज्यालादारीमा राखीएको स्वीकार गर्नु भयो ।

error: Content is protected !!