अश्वमेध गायत्री महायज्ञ बारे वीरगन्जका उद्योगि व्यवसायी संग अन्तरक्रिया

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञ आयोजक समितिले वीरगन्जका उद्योगि व्यवसायी संग छलफल गरेको छ ।

वीरगन्ज उद्योग वाणिज्य संघको कार्यालयमा बिहिबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा महायज्ञ आयोजक समितिका उपसंयोजक एवं वागमती नदी सरसफाई गर्न पहिलो अवधारणा ल्याउने डा. राजु अधिकारीले महायज्ञलाई सफल बनाउन वीरगन्जका उद्योगि व्यवसायीलाई आग्रह गरेका हुन ।

कार्यक्रममा उनले महायज्ञको विशेषता बारे जानकारी गराउदै अश्वमेध यज्ञको परम्परा र प्रयोग जति प्राचिन रहेको त्यति नै बैज्ञानिक पनि रहेको बताए । प्राचिनकालमा शासक वर्ग या महाराजाहरुले यो महायज्ञ गराउने गर्थे डा अधिकारीले भने, अहिलेको युगमा नेपाल पनि महायज्ञ हुनु हाम्रो लागि सौभाग्य रहेकोले यसलाई सफल बनाउन आ आफनो स्तरबाट सवै लाग्नु पर्छ ।

अश्वमेध एउटा सांस्कृतिक दिग्विजय अभियान रहेको हुनाले यसले विशुद्ध विज्ञानसम्मत बताउदै उनले अश्वमेध प्रयोगको माध्यमबाट सांस्कृतिक एकता, सामाजिक सहिष्णुता एंव पर्यावरणीय सन्तुलन स्थापना हुने विश्वास रहेको बताए ।

महायज्ञले राष्ट्रदेवताप्रति, जीवन मूल्यप्रति र आध्यात्मिक उन्नयनप्रति जनविश्वास अभिबृद्धि गर्ने वातावरण तयार हुन्छ उनले भने, जुन राष्ट्रमा अश्वमेध सम्पन्न हुन्छ त्यो राष्ट्रले अजेय शक्ति प्राप्त त्यसैले राष्ट्र समृद्धीको अभियानमा सवैले सहभागिता जनाउनु पर्छ ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले महायज्ञमा भाग लिन अमेरिका, क्यानडा, अस्ट्रेलिया, कतार, मलेसिया लगायत ४० देशका लाखौ व्यक्तिहरु महायज्ञमा सहभागिता जनाउन आईरहेको हुनाले उनको स्वागतमा पर्सावासी जोडदारले गर्नुपर्ने बताए ।

उनले भने, वीरगन्जलाई आर्थिक राजधानीको रुपमा चिनाउँछौ, कहिले आन्दोलनको राजधानी भनेर चिनाएका थियो, अहिले वीरगन्ज महायज्ञ मय हुन गईरहेको छ, यसमा सम्पूर्ण उद्योगि व्यवसायी आ आफनो स्तरबाट सहयोग गरी वीरगन्जलाई महायज्ञको रुपमा चिनाउन प्रयास गरौं ।

उनले वीरगन्जमा पाल्नु हुने पाहुनालाई स्वागत गर्न करिब ३ हजार वीरगन्जवासीले आ आफनो घरमा बास, गाँसको व्यवस्था मिलाई आफनो नामहरु समेत रजिष्ट्रेशन गराईसकेको जानकारी गराए । महायज्ञमा बनाईएको २५१ कुण्डमा पत्तीपत्नी र देवपुजनमा सहभागि हुन चाहनेले तुरुन्त रजिष्ट्रेशन गराउन आग्रह गर्दै मुख्य जजमानमा र देवपुजनमा साढे सात सय जनाले मात्र भाग दिने भएकोले आ आफनो नाम सुरक्षित गराउन सवैमा आग्रह समेत उनले गरे ।

मुख्यजजमानमा १ लाख र देव पुजनमा ३० हजार शुल्क तिर्नुपर्ने हुन्छ र मुख्यहवन भएपछि अन्य ६० हजारको जनाको लागि निशुल्क यज्ञमा भाग लिन सक्ने उनले बताए । कार्यक्रममा सहभागि उद्योग व्यवसायीहरुले महायज्ञलाई सफल बनाउन आ आफनो स्तरबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

अन्तरक्रिया कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया लगायत संघका पदाधिकारी, संचारकर्मीहरुको सहभागिता रहेको थियो । यसैगरी अलिख विश्व गायत्री परिवार शक्ति पिठ वीरगन्जले यज्ञ सफल बनाउन वीरगन्ज २० हरपतगंजमा दिप यज्ञको आयोजना गरेको छ ।

हरपतगंज स्थित शिवमन्दिरमा आयोजित दिप यज्ञमा शान्तिकुंच हरिद्धारबाट आएका ब्रहमवादणी श्यामा राठौर नेतृत्वको टोलीले दिप यज्ञमा महायज्ञबारे जानकारी गराउदै यज्ञमा भारी संख्यामा सहभागिता जनाउन आमन्त्रीत गरेका थिए ।

दिप यज्ञ कार्यक्रम पश्चात शक्ति पिठका कार्यकर्ता धर्मेन्द्र गुप्ताको नेतृत्वमा रहेको टोलीले हरपतगंज वडामा विभिन्न पम्पलेट, पर्चा वितरण तथा ठाउँ ठाउँमा टासेर प्रचार प्रसार गरेका थिए ।

error: Content is protected !!