लागुऔषध चरेश सहित दिदी बहिनी सशस्त्र प्रहरीको नियन्त्रणमा

वीरगंज,०३ फाल्गुन । वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत रहेको मुख्य भन्सार कार्यालय अगाडी बाट सशस्त्र प्रहरीले ९ किल्लो लागुऔषध चरेश सहित २ जना भारतीय महिलालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म विरगंज भन्सारबाट खटिएको सशस्त्र प्रहरीको टोलीले नेपालबाट भारत तर्फ जान लागेको भारत हरियाणा बस्ने वर्ष ३२ को निशा साह र वर्ष ३० को सोनाली साहको साथबाट ९ किल्लो लागुऔषध चरेश बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तिलक खडकाले बताउनु भयो ।

पैदल भारत तर्फ जान लागेका दुवैजनालाई शंकालागी चेकजाच गर्दा शरीरमा फिटिंग गरिएको अवस्थामा निशाको साथ बाट ४ किल्लो र सोनालीको साथबाट ५ किल्लो लागुऔषध चरेश बरामद भएको हो । पक्राउ परेका निशा र सोनाली दुवै दिदी बहीनी हुन ।

लागुऔषध चरेश सहित पक्राउ परेका दुवैजनालाई थप आवश्यक कार्यवाही का लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

error: Content is protected !!