सांसदको उदाहरणिय काम, मनियारीमा मुसहर वस्ती निर्माण

बीरगन्ज , फागुन १ गते । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवको प्रयासमा उदाहरणिय कामको शुभारम्भ भएको छ ।

बुधवार एक समारोहका बीच सांसद यादवको अगुवाईमा क्षेत्र अन्तर्गतको मनियारीमा असहाय र पिछडिएको मुसहर समुदायकोलागि बस्ती निर्माणको शिलान्यास भएको छ ।

मनियारीका मुसहर समुदायकोलागि यादवको संसदिय कोष तथा बीरगन्ज महानगरपालिकाको संयुक्त लगानीमा पक्की घर निर्माण कार्य सुरु भएको छ ।

बुधवार सांसद यादवले वस्ती निर्माणको शिलान्यास गर्नु भयो । बीरगन्ज वडा नम्बर २२ मनियारीका मुसहर परिवारकोलागि १ करोड १० लाखको लागतमा ३० वटा घर निर्माण गरिने छ । यस्कोलागि संसदीय पूर्वाधार कार्यक्रम अन्तरगत सांसदकोष बाट ९० लाख तथा बीरगन्ज महानगरबाट ३० लाख लगानी गरिएको छ ।

एक परिवारकोलागि १०÷१० को दुई वटा कोठा तथा शैचालय निर्माण गरिने छ । वस्तीमा रहेका बालबालिकाकोलागि प्राथमिक विधालय निर्माण गरिने यादवले बताउनु भयो ।

मनियारी सांसदको आफनै गाउ हो । त्याहाको असहाय परिवारको जिवन स्तर उकास्नकालागि आफु सांसद नहुदापनि प्रयास गरेको र अहिलेपनि कृयाशील रहेको बताउनु भयो ।

आफनो कार्यअवधीको बाकी रहेको ४ महिना भित्र क्षेत्र अन्तर्गतका सबै दलित परिवारकोलाई पक्की घर निर्माण गरिने प्रतिबद्धता यादवले गर्नु भयो ।

पहिलो चरणमा तिन वटा वस्तीको पहिचान भएकोमा पहिलो मनियारीको मुसहर समुदायकोलागि निर्माण सुरु भएको र यस पश्चात बाकी रहेका दलितहरुकोलागि पनि चाडै वस्ती निर्माणको योजना बनाइने र यस्कालागि शहरी विकाश मन्त्रालयले आश्वासन समेत दिएको यादवले बताउनु भयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अन्सारी, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा.भिष्म राज भुषाल, इन्जिनियर राजेश चौरसिया, फोरम नेपाल पर्साका प्रवक्ता रामनरेश यादव, लगायतको उपस्थिति रहेको थियो ।

error: Content is protected !!