वीरगञ्ज २८ माघ । प्रहरीले वीरगञ्जबाट लागूऔषध चरेशसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारत पश्चिम बंगाल कोलकता(११ नारगेल मेनरोडका ३८ वर्षीय मोहमद सकिल र २६ वर्षीय मोहमद फरिद पक्राउ परेका हुन् ।
वीरगञ्ज महानगरपालिका(१६ शंकराचार्य गेट नजिकबाटै पक्राउ परेका उनीहरुको साथबाट लागूऔषध चरेश १० किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरी चौकी ईनर्वा, पर्साबाट खटिएको प्रहरी चेकजाँचका क्रममा नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनीहरुले शरीरमा लुकाई लैजाँदै गरेको चरेश बरामद गरेको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।
उनीहरुलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।
यसैगरी प्रहरीले वीरगज महानगरपालिका वडा नम्बर ३ इदगाहचोकबाट प्रहरीले ८० किलोग्राम मरिच सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
ईदगाहचोकमा ना.१.ह. ९९१७ नंम्बरको इरिक्सा चेकजाचको क्रममा बारा बिश्रामपुर गा.पा.वडा नं.४ बस्ने २४ वर्षिय रबिन्द्र साहलाई सो परिमाणको मरिच सहित पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेका साहलाई मरिच सहित आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले वीरगजको छुटाछुटै स्थानबाट भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा खाद्य समाग्री बरामद गरेको छ ।
प्रहरीले भारत तर्फ लैजादै गरेको अवस्थामा ७५ किलो मटर केराउ र भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा पापर, बिस्कुट, खाने तेल, मैदा, अगरबती लगायतका समाग्री बरामद गरेको प्रहरीले जनाएको छ ।
यसमा तपाईंको प्रतिक्रिया: