२८ माघ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाको नेतृत्वको उद्योगी व्यवसायीहरुको टोली र भारतीय सडक पारवहन तथा राजमार्ग मन्त्री नितिन गडकरी बीच भेट वार्ता भएको छ ।
भेटघाटका क्रममा वीउवासङ्घका अध्यक्ष केडियाले नेपालको मुख्य मार्ग संग जोडिएको रक्सौल तथा वरपरको क्षेत्रमा रहेको सडक, राजमार्ग, पुल लगायतको अवस्था सुधारकालागि ध्यानाकर्षण गराउनु भएको थियो ।
सडक, राजमार्ग निर्माण तथा स्तरोन्नतिको लागि पहल गर्न बीरगन्जका उद्योगी व्यवसायीले भारतिय मन्त्री संग आग्रह गरे । सन् १९७५ अगाडि नै सञ्चालनमा आएर पनि बन्द हुन पुगेको रक्सौल एयरपोर्टको स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याउन पनि मन्त्री गडकरीसँग बीरगन्जका व्यवयायीले आग्रह गरेको थिए ।
मन्त्री गडकरीले रक्सौल एयरपोर्टको स्तरोन्नति तथा सञ्चालनको प्रक्रिया अगाडि बढिसकेको जानकारी गराउनुहुँदै यस वरपर क्षेत्रको सडक, राजमार्गको स्तरोन्नतिको लागि पहल गर्ने आश्वासन दिएको बीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
भेटघाटको क्रममा सङ्घका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, उपाध्यक्ष अनिल पटवारी, महासचिव माधव राजपाल, कोषाध्यक्ष रविन्द्र बरनवाल लगायतका उपस्थिति रहेको थियो ।
यसमा तपाईंको प्रतिक्रिया: