अश्वमेध महायज्ञ सफल बनाउन ईनर्वामा दिप यज्ञ संचालन

महायज्ञमा सहभागि हुन सवैमा आमन्त्रण

वीरगन्ज २६ माघ । अखिल विश्व गायत्री परिवार, वेदमाता गायत्री शक्ति पीठ वीरगन्जले अश्वमेध गायत्री महायज्ञ सफल बनाउन ईनर्वामा भव्य रुपमा दिप यज्ञको आयोजन गरेको छ ।

महायज्ञ सफल बनाउन वीरगन्ज १६ ईनर्वाका भिखर महतोले शिव मन्दिर प्रारङ्गणमा दिप यज्ञको आयोजना गराएका हुन । उनले दिप यज्ञमा १०८ वटा दिप प्रज्वलीत गरी भव्य रुपमा दिप यज्ञ गराएका थिए ।

दिप यज्ञमा अखिल विश्व गायत्री परिवार वीरगन्जका संध्या ठाकुर, सुवोध विन र धर्मेन्द्र गुप्ताले लगायतले मन्त्र उचारण गरि यज्ञ गराएका थिए । दिप यज्ञ मार्फत अश्वमेध गायत्री महायज्ञको विशेषता बारे जानकारी गराईएको गायत्री परिवारका गुप्ताले बताए ।

यही फाल्गुन १९ गते २२ देखि सम्म ४ दिने भईरहेको महायज्ञले मुलुकको समृद्धि, देववासीमा साहस एव बल बृद्धि गर्नुका साथै राष्ट्रलाई समर्थ बनाउनु अश्वमेधको उदेश्य रहेकोले यसलाई सफल बनाउन यज्ञमा सहभागिता जनाउन आमन्त्रण गरिएको थियो ।

नेपाल भूमिको ईतिहासमा यो अश्वमेध महायज्ञ प्रथाम आयोजना भईरहेकोले यसलाई नछुटाउन सवैमा आग्रह गरिदै कुनै पनि माध्यमले यसमा भाग लिन या समावेश हुन पाउनु एक दुलर्भ अवसर मानिने भएकोले यसलाई नछुटाउन सवैमा आग्रह गरिएको थियो ।

error: Content is protected !!