अश्वमेध गायत्री महायज्ञ सफल बनाउन प्रचार प्रसार तिब्र

वीरगन्ज २४ माघ । वीरगन्ज हुन लागेको अश्वमेध गायत्री महायज्ञलाई सफल बनाउन महानगरको वार्ड तथा टोल टोलमा प्रचार प्रसार कार्यक्रम तिव्र बनाईएको छ ।

अखिल विश्व गायत्री परिवार, वेदमाता गायत्री शक्ति पीठ वीरगन्जले महानगरको छपैयाक, रानीघाट र व्रहमचोकमा दिप ज्ञप, प्रभात फेरी र गोष्ठीको आयोजना गरिएको छ ।

शक्ति पीठका वरिष्ठ कार्यकर्ता धमेन्द्र गुप्ताको नेतृत्वमा रहेको गायत्री परिवारको टोलीले वीरगन्ज २ छपकैयामा प्रभातफेरी निकालेको हो । अश्वमेध गायत्री महायज्ञको उदेश्य बारे स्थानियलाई जानकारी गराउदै महायज्ञमा सहभागिता जनाउन निमन्त्रण पनि परिवारले बाडेको हो ।

प्रभातफेरीमा वडाका वडा अध्यक्ष्ँ शेख अब्बास लगायत स्थानियको पनि उल्लेखनिय सहभागिता रहेको थियो । त्यसैगरी देव संस्कृति विश्व विद्यालयबाट आएका ब्रहमवादणी टोलीले पनि भिस्वा स्थित ब्रहमस्थानमा पनि दिप यज्ञ गरी महायज्ञको बारेमा प्रचार प्रसार गरेका थिए ।

टोलीले रानीघाट स्थित पनि जानकी मन्दिरमा दिप यज्ञको आयोजना गरिएको थियो । दिप यज्ञमा १०१ वटा दिप प्रज्वलीत गरिएको थियो । दिप यज्ञ मार्फत अश्वमेध गायत्री महायज्ञको विशेषता बारे जानकारी गराईएको ब्रंहमवादणी दिदी संध्याले बताए ।

यही फाल्गुन १९ गते देखि ४ दिने नेपालमा पहिलो पटक हुन गईरहेको महायज्ञले मुलुकको समृद्धि, देववासीमा साहस एव बल बृद्धि गर्नुका साथै राष्ट्रलाई समर्थ बनाउनु अश्वमेधको उदेश्य रहेकोले यसलाई सफल बनाउन सवैलाई आग्रह समेत गरिएको थियो ।

नेपाल भूमिको ईतिहासमा यो अश्वमेध महायज्ञ प्रथम आयोजना भईरहेको छ गुप्ताले भने, कुनै न कुनै रुपमा यसमा भाग लिन या समावेश हुन पाउनु एक दुलर्भ अवसर मानिने भएकोले यसमा भाग लिनुपर्छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!