लोगो दुरुपयोग गरेको आरोपमा व्यापारी अग्रवाल पक्राउ

वीरगंज,२४ माघ । भारतिय चुईगम कम्पनीको लोगो प्रयोग गरेको आरोपमा बीरगन्जका व्यवसायी निरंजन अग्रवाललाई प्रहरीले नियंत्रणमा लिइएको छ ।

विहिवार दिउसो २ बजे अग्रवालको उद्योगमा प्रहरीले छापामारी गरि उत्पादित वस्तु सहित उनलाई समेत नियंत्रणमा लिइएको हो ।

सेन्टर फ्रुट नामक भारतिय चुइगम कम्पनीले जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको उजुरीको अधारमा अग्रवालकै उद्योगमा छापामारी भएको र सोध पुछकालागि उनलाई नियंत्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अग्रवाल वीरगंजको आदर्शनगर स्थित पिंकी स्वीटस प्रालीका संचालक हुन् । हुबहु लोागो र ब्राण्ड प्रयोग गरेको भेटिएपछि आवश्यक कार्यवाहीको लागि उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको पर्साका प्रहरी प्रवक्ता अन्नतराम शर्माले बताउनु भयो ।

थप अनुसंधान गर्न जिल्ला अदालत बाट म्याद थप गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रवक्ता शर्माले जानकारी दिनु भयो । अग्रवालको गोदाममा छापामारी ४ कार्टुन सेन्ट्रोफ्रेस नेपाली चुईगम समेत नियन्त्रणमा लिएको छ ।

अग्रवाललाई यस अघि स्थानिय प्रशासनले भारतीय नागरिक तथा नक्कली लाईसेन्स लिएको भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

अग्रवाल पटक पटक राजस्व विभाग, स्थानिय प्रहरी प्रशासनको अनुसन्धानको दायरामा फस्दै छुटदै आएका छन । यता व्यापारी अग्रवालले आफुले प्रयोग गरेको लोगो माथी बिराटनगरको कमपनीले पनि दाबी गर्दै उद्योग विभागमा मुद्दा गरेको र २७ गते मुद्दाको पेशी रहेको बताउनु भयो ।

error: Content is protected !!