प्रतिबन्धीत लागुऔषध सहित पर्सामा ६ पक्राउ

वीरगंज, २१ माघ । पर्सा प्रहरीले विभिन्न प्रतिबन्धीत लागुऔषध सहित ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलन गरी लागुऔषध सहित पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले विभिन्न मिती र समयमा लागुऔषध सहित ६ जनालाई पक्राउ गरिएको जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नेपाल बाट भारत तर्फ जादै गरेको भारत उत्तर प्रदेश प्रतापगढ गंगापुर कोहण्डल बस्ने २३ वर्षिय महमद मैनोदिन अंसारी र भारत पुर्वी चम्पारण जि.मोतिहारी रक्सौल वडा नं.१६ बस्ने २६ वर्षिय खुर्सेद अंसारीको साथबाट १० पोका चरेश सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक ढकालले बताउनु भयो ।

त्यसैगरी प्रहरीले शकराचार्य गेट अगाडीबाट चेकजाचका क्रममा ९०० पिस नाईट्राभेट ट्याब्लेट सहित कञ्चनपुर भिमदत्त ननगरपालीका वडा नं.९ बस्ने २५ वर्षिय दिपेन्द्र पनेरुलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ढकालले बताउनु भयो ।

त्यसैगरी पर्सा प्रहरीले वीरगंज महानगरपालीका वडा नम्बर ११ रानीघाट स्थीतबाट लागुऔषध चरेश सहित सोही स्थान बस्ने वर्ष ५५ का रामबालक प्रसाद विन,भारत कानपुर बस्ने वर्ष ४० को मंयक वाजपेई र जिल्ला मकवानपुर बस्ने वर्ष ४१ को सोमलाल थिंगलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैजनालाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखीएको प्रहरीले जनाएको छ ।

error: Content is protected !!