ग्रामीण भेगबाट तस्करी तिब्र :धान बोकेको ट्रकमा ३० लाखको कपडा बरामद

वीरगंज ,२१ मघ । पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ बाट प्रहरीले धान बोकेको ट्रकबाट भन्सार छली गरिएका ३० लाख मुल्य बराबरको लत्ता कपडा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी निर्मलबस्ती बाट धान लोड गरी माडी चितवन गईरहेको लु १ ख ३३१० नम्बरको ट्रकलाई ठोरी ईलाका प्रहरी कार्यालय अगाडी चेकजाचका क्रममा माथी धान र तल अवैधरुपमा चोरी तस्करीका माध्यमले भित्रयाइएको लत्ता कपडा रहेको भेटिएपछि ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक रेवती ढकालले बताउनु भयो ।

ट्रकमा माथी १०५ बोरा धान लोड भएको र तल १९ बन्डल लत्ता कपडा भेटिएपछि ट्रक सहित ट्रक धनी चितवनको माडी नगरपालिका वडा नम्बर २ बस्ने ४४ वर्षीय ऋषि सुवेदी, सोही ठाउँ बस्ने ट्रक चालक २६ वर्षीय प्रकाश दराई र सह चालक १९ वर्षीय सुजन दराइ समेतलाई नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक ढकालले बताउनु भयो ।

बरामद भएको लत्ता कपडाहरुमा कूर्ता सुरुवाल ३०४ पिस, सर्टिङ्ग ३ हजार २ सय ८० मिटर र सुर्टिङ्गका कपडा ६०० मिटर, कूर्ता कपडा २ हजार ६० मिटर र साडी ८८ पिस रहेको छ । उक्त समानहरु सहित मानीस र ट्रकलाई थप आवश्यक कार्यवाहीका लागी वीरगंज भन्सार कार्यालय पठाइने पर्सा प्रहरीले जनाएको छ ।

error: Content is protected !!