बिहारमा रेल दुर्घटना, ८ जनाको मृत्यु

वीरगंज । भारतको बिहारमा रेल दुर्घटना भएको छ । स्थानीय समयानुसार आइतबार बिहान करिब ४ बजे भएको दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

जोगबनीबाट आनन्दबिहार जाँदै गरेको सीमाञ्चल एक्सप्रेसको रेल वैशालीमा दुर्घटना भएको हो । दुर्घटनामा घाइतेहरुको उद्धारकार्य जारी रहेको छ । अझै धेरै यात्रुहरु डिब्बामा फँसेका छन् ।

बिहारका मुख्यमन्त्री नितिशकुमारले दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

error: Content is protected !!