शिक्षाको क्षेत्रमा जिएचपी स्कुल पर्सामै अब्बल- मुख्यमन्त्री राउत

वीरगंज । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउत गद्यीले शिक्षाको क्षेत्रमा जिएचपी स्कुल पर्सामै अब्बल रहेको बताउनु भएको छ ।

वीरगंज महानगरपालीका वडा नम्बर १३ स्थित रहेको जिएचपी माध्यमिक विद्यालयको २५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गद्यीले छोरा र छोरीबीच भेदभाव नगर्न अभिभावकहरूलाई आग्रह गर्नु भयो ।

प्रदेश सरकारले पारित गर्न लागेको लोकसेवा आयोग र निजामती कर्मचारी ऐन अन्तर्गत प्रहरी ऐन जस्तै महिलाहरूको लागि पचास प्रतिशत आरक्षण व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

मुख्यमन्त्री गद्यीले छोरीलाई अवसर दिएको खण्डमा छोराभन्दा राम्रो गर्न सक्ने बताउनु भयो । बालविवाह, दाइजोप्रथा जस्ता सामाजिक विकृति उन्मूलन नभएसम्म समाज विकसित हुन नसक्ने जिकिर गर्नु भयो ।

विद्यालयकी प्रधानाध्यापक रमिन्दर कौरको अध्यक्षतामा भएको रजतजयन्ती समारोमा वीरगंज महानगरका मेयर विजय सरावगी, प्रदेशसभा सदस्य जन्नत अन्सारी, सिंहासन कलवार, नेपाली काङ्ग्रेस पर्साका सभापति अजय द्विवेदी, वीरगंजका पूर्वमेयर प्रदीप सुवेदी, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, प्रकृति प्रतिष्ठानका अध्यक्ष जसपाल सिंह, एनप्याब्सन पर्साका नन्दन यादव, नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारी, वीरगंज महानगर शिक्षा शाखा प्रमुख अरविन्दलाल कर्ण, नेपाल शिक्षक महासङ्घ वीरगंज महानगर समितिका अध्यक्ष विनोद मेहतलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा छात्रछात्राहरूले साङ्गीतिक प्रस्तुति, नाटक, योगाभ्यासलगायतका कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक जयचन्द्र यादवले गरेका थिए ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!