सशस्त्र प्रहरी द्वारा लागुऔषध गाजा सहित १ पक्राउ

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म विरगंज भन्सारले अवैध लागुऔषध गांजा सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला पर्सा पकाहामैनपुर गाउपालीका वडा नम्बर १ बस्ने वर्ष ३० को रोजा मिया हजाम रहेका छन ।

वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत वीरगंज भन्सार कार्यालय अगाडी सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म विरगंज भन्सारबाट डियुटीमा रहेको टोलीले नेपालबाट भारत तर्फ पैदल गइरहेको हजामलाई चेकजाच गर्ने क्रममा ५ किल्लो लागुऔषध गाजा सहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म विरगंज भन्सारका निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक पदम खडकाले बताउनु भयो ।

अवैध लागुऔषध सहित पक्राउ परेका हजामलाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको सशस्त्र प्रहरी निरीक्षक खडकाले बताउनु भयो ।

error: Content is protected !!