सशस्त्रका डिआइजी श्रेष्ठको सक्रियता,२ थान हतियार सहित एक पक्राउ

वीरगंज ,१५ माघ । रौतहट जिल्लाको इशनाथ नगरपालीका वडा नम्बर १ स्थीत लालबकैया खोला नजिकबाट अवैध हथियार तथा गोली सहित सशस्त्र प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल रुद्र बाहीणी २ नम्बर प्रदेशबाट खटिएको प्रहरी टोलीले विषेश सुचनाको आधारमा रौतहटको सिमा क्षेत्रबाट २ वटा हथियार र सोमा लाग्ने ५ राउण्ड गोलि सहित एकजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल रुद्र बाहीणी २ नम्बर प्रदेशका प्रमुख डिआईजी प्रवीण कुमार श्रेष्ठले बताउनु भयो ।

सिमावर्ती भारतीय शहरबाट नेपाल तर्फ केही व्यक्तीहरु हथ हथियार सहित नेपाल प्रवेश गरेको विषेश सुचना पाएर खटिएको हाम्रो टोलीले १ थान कटुवा पेस्तोल, ९ एम एम ब्राउनी स्वचालित पेस्तोल र सो मा प्रयोग हुने ५ राउण्ड गोलि सहित गौर नगरपालिका वडा न. ४ टिकुलवा निवासी नकुल पटेललाई पक्राउ गरिएको डिआइजी श्रेष्ठले जानकारी दिनु भयो ।

पक्राउ गरिएको हतियार सहित पटेललाई आवश्यक कार्यवाहिको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको डिआइजी श्रेष्ठले बताउनु भयो ।

सिमा क्षेत्रमा हुने अपराधीक कृयाकलाप एवम चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी लागी परेको डिआईजी श्रेष्ठले दावी गर्नु भयो । डिआईजी श्रेष्ठले आफ्नो कार्यकालमा यस प्रदेशका जनतालाई शान्ती सुरक्षा प्रदान गर्न,चोरी तस्करी नियन्त्रण तथा अपराधीक गतिवीधी नियन्त्रण गर्न मुल लक्ष्य लिएर काम गरी रहेको बताउनु भयो ।

error: Content is protected !!