ईप्रका पशुपतिनगरको सक्रियता, लागु औषध सहित एक पक्राउ

वीरगंज । प्रदेश नम्बर ३ को अस्थायी राजधानी मकवानपुर जिल्लाको ईलाका प्रहरी कार्यालय पशुपतिनगरको सक्रियताले चोरी तस्करी, लागुऔषध कारोबार तथा अपराधीक गतिवीधी गर्नेहरुको निन्द हराम भएको छ ।

मुख्य राजमार्ग संगै जोडिएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा प्रहरी निरीक्षक अरुण कुमार कुशवाहा आए देखी मुख्य राजमार्ग भएर हुने चोरी तस्करी,लागुऔषध ओसार पसार गर्नेहरु लगाएत अपराधीक गतिवीधीमा कमी आएको छ ।


प्रहरी निरीक्षक अरुण कुमार कुशवाहा

मुख्य राजमार्गमा दैनिक चेकजाच लगाएत प्रहरीको सक्रियता रहने गरेको कारण अपराधीक गतिवीधी गर्ने तथा मुख्य राजमार्ग भएर हुने प्रतिबन्धीत लागुऔषधको ओसार पसार तथा चोरी तस्करी गर्नेहरुको टाउको दुखाई बनेका छन प्रहरी निरीक्षक कुशवाहा ।

हिजो मात्र इलाका प्रहरी कार्यालय पशुपतिनगरको सक्रियताले लागु औषध सहित एक जना पक्राउ परेका छन् ।

सोमबार वीरगंजबाट मकवानपुरतर्फ जादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धीत लागुऔषध नाइट्रोभ्याट टयाबलेट १२ सय पिस, स्पासमो प्रोक्सिभन प्लस ४५ पिस र कोरेक्स २ पिस सहित एकजनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी सहायक निरीक्षक दिपक कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नं. १५ पिपल चौतारीबाट लागूऔषध सहित भरतपुर नगरपालिका वडा नं. १८ निवासी वर्ष ३१ का अर्जुन थापा मगरलाइ पक्राउ गरिएको प्रहरी निरीक्षक अरुण कुमार कुशवाहाले बताउनु भयो ।

पक्राउ गरिएको लागु औषध सहित मगरलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको प्रहरी निरीक्षक अरुण कुशवाहाले बताउनु भयो ।

error: Content is protected !!