धान बोकेको ट्रयाक्टरमा ६० लाखको अवैध कपडा

वीरगंज,१३ माघ । सशस्त्र प्रहरीले वीरगंजको तिलावे पुल नजिकबाट धान बोकेको ट्रयाकटरमा लुकाएर ल्याइएको ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल रुद्र बाहीनी महोत्तरी २ नम्बर प्रदेशबाट खटिएको सादा पोशाकका प्रहरीले ना २ त १६४८ नम्बरको ट्रयाक्टरमा धानको बोराले छोपेर ल्याउँदै गरेको ५० बण्डल कपडा तिलावे पुल नजिक पदम रोडबाट बरामद गरेको हो ।

सशस्त्र प्रहरीले ट्रयाक्टर चालक सोनालाल राउत कुर्मीलाई पनि नियन्त्रणमा लिएको छ । पर्साको मिर्जापुर बाट वीरगंज आउदै गरेको ट्रयाक्टरमा माथी धान र तल कपडा रहेको विषेश सुचनाका आधारमा चेकजाच गर्दा अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको साडी, कुर्ता सलवार, सर्टिङ सुटिङ, सर्ट पाईन्टका थान कपडा बरामद भएको सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय महोत्तरी प्रदेश नं २ बाहिनीका डिआईजी प्रविन कुमार श्रेष्ठले बताउनु भयो ।

बरामद गरिएको कपडाको बजार मुल्य लगभग ६० लाख रुपैयाँको हुने प्रहरीको अनुमान छ । ट्रयाक्टरमा ओभरलोड भएका कारण बेरिङ भाचिएर सडकमा रोकिराखेको अवस्थामा सशस्त्र प्रहरीको टोली पुगेको थियो ।

बरामद गरिएको कपडा र ट्रयाक्टर चालकलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

error: Content is protected !!